प्रधानसेनापति थापा भारत जाँदै

प्रधानसेनापति थापा भारत जाँदै

काठमाडौं : भारतीय सेनाध्यक्षको मानार्थ दर्ज्यानी चिह्न ग्रहण गर्न प्रधानसेनापति पूर्णचन्द्र थापा औपचारिक भारत भ्रमणमा जाने भएका छन्। भारतीय सेनाको निमन्त्रणामा पुस २७ गते उनी नयाँ दिल्ली जाने तय भएको छ।

नेपाली सेनाका प्रवक्ता गोकूल भण्डारीले प्रधानसेनापति थापाको भारत भ्रमणको तयारी भइरहेको बताए। उनले भने, ‘पुस अन्तिम साता प्रधानसेनापति थापाको भारत भ्रमण सुरु हुनेछ।’ ६ दिने भ्रमणमा उनले उच्चस्तरीय भेटघाटका साथै सैनिक तालिम केन्द्रसमेत निरीक्षण गर्नेछन्। उनी माघ २ मा फर्कनेछन् । प्रधानसेनापतिमा नियुक्तिपछि उनको यो पहिलो विदेश भ्रमण हो।

भारतमा उनले   रक्षामन्त्री निर्मला सीथारमन, समकक्षी रावतसहित वरिष्ठ सैनिक अधिकारीसँग भेट गर्नेछन्। भेटघाटमा भारतीय पक्षले बिम्स्टेक राष्ट्रको संयुक्त सैन्य अभ्यासमा नेपाल अन्तिम समयमा सहभागी नभएको विषयमा चासो व्यक्त गर्ने रक्षाविद्हरू बताउछन्। रावतले बिम्स्टेक सैन्य अभ्यासमा नेपाल सहभागी नभएकोमा सार्वजनिक रूपमै असन्तुष्टी जनाएका थिए।

भारतका राष्ट्रपति रामनाथ कोविन्दले राष्ट्रपति भवनमा हुने विशेष समारोहमा प्रधानसेनापति थापालाई भारतीय सेनाध्यक्षको मानार्थ दर्ज्यानीचिह्न प्रदान गर्ने छन्। भारतीय सेनाध्यक्ष विपिन रावत पनि नेपाली सेनाको मानार्थ सेनापति छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले २०७३ चैत १६ गते रावतलाई मानार्थ प्रधानसेनापतिको दर्ज्यानी चिह्न प्रदान गरेकी थिइन्। सन् १९५० देखि नेपाल–भारत दुवै देशका प्रधानसेनापतिलाई आपसमा मानार्थ प्रधानसेनापति उपाधी दिने परम्परा सुरु भएको हो।

सरकारले भारतको पुणेमा भदौ २५–३१ (सेप्टेम्बर १०–१६) भएको बिम्स्टेक सदस्य राष्ट्रको संयुक्त सैन्य अभ्यासमा सेनालाई सहभागी हुन रोकेको थियो। प्रधानसेनापति थापासमेत अभ्यासको समापनमा सहभागी हुने तयारीमा थिए। भारतले कूटनीतिक भेटवार्तामासमेत सैन्य अभ्यासमा नेपाली सेना सहभागी नभएको विषय प्रमुखताका साथ उठाउँदै आएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.