बिजुलीमा भारतको स्वागतयोग्य कार्य

बिजुलीमा भारतको स्वागतयोग्य कार्य

मित्रराष्ट्र भारतले नेपालबाट निर्यात हुने बिजुलीमा लगाएको अंकुश खुकुलो पारेको छ । उसको यो परिवर्तित नीति नेपालअनुकूल हुन सक्छ, जसले विद्युत्को अन्तर्राष्ट्रिय बजारको ढोका खुलाउने अपेक्षा गर्न सकिन्छ । सन् २०१६ को डिसेम्बरदेखि लागू गरेको उसको सीमापार विद्युत् व्यापार निर्देशिकाले भारतीय कम्पनीबाहेक अन्य मुलुकका लगानीकर्ताले नेपालको जलविद्युत्मा लगानी गर्न बन्देज थियो । अर्थात् भारतीय स्वामित्वका कम्पनीबाहेक अरूले उत्पादन गरेको बिजुली उसको मुलुकमा निषेधित थियो । त्यस्तो निर्देशिका जारी भएको दुई वर्षअघि नेपाल र भारतबीच विद्युत् व्यापार सम्झौता भएको थियो । उक्त सम्झौताले नेपालमा उत्पादित बिजुलीले निर्बाध रूपमा भारतीय बजारसम्म पहुँच राख्न सक्ने प्रावधानहरू थिए ।

विद्युत्लाई एउटा आर्थिक वस्तुका रूपमा व्याख्या गरिएको सम्झौताका सबै मर्मविपरीत भारतले एकाएक त्यस्तो निर्देशिका जारी गरेको थियो । उसले बिजुलीलाई स्वतन्त्र बजार र प्रतिस्पर्धी नमानी रणनीतिक वस्तुका रूपमा व्याख्या गरेको थियो । त्यसैगरी भारतीय प्रसारण लाइन वा भूमि प्रयोग गरेर भारतकै व्यापारी वा भारतसित सीमा जोडिएका अन्य मुलुकमा बिजुली प्रसार गर्न पनि वर्जित नै थियो । यति मात्र होइन, भारत हुँदै नेपाल आउने बिजुली उसकै प्रणालीअनुसार सञ्चालन हुनुपर्ने व्यवस्था थियो, जसले गर्दा प्राविधिक रूपमा नेपाल स्वतन्त्र राज्य नभई उसको कुनै प्रान्त झै व्यवहार गर्दै आएको थियो ।

भारतीय निर्देशिकाले दुई देशको आपसी सम्बन्धलाई बलियो बनाउँदैन भन्दै नेपाल सरकारले विभिन्न मञ्चहरूमा आवाज उठाउँदै आएको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई समेत नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भारत यात्राका क्रममा अनुरोध गरेका थिए । उच्च राजनीतिक तहमा मात्र नभई कर्मचारी तहमा पनि यो मुद्दालाई नेपालले छलफल र बहस गराउँदै आएको थियो । जे होस्, ढिलै भए पनि भारतले नेपालको माग सम्बोधन गरेको छ । यो माग सम्बोधनबाट दुई देशको आर्थिक, सामाजिक र राजनीतिक सम्बन्ध अझ प्रगाढ भएको छ ।

नेपालले भारतीय बजारमा आफ्नो उत्पादनको सहज पहँुचका लागि प्रयास गर्दै आएको छ । बिजुली ती उत्पादनमध्ये एक हो । नेपाल–भारत व्यापारमा गैरभन्सार अवरोध उत्तिकै विद्यमान छन् । भारतीय बजार ताकी स्थापना भएका उद्योगबाट उत्पादित सामान भारतकै विभिन्न अवरोधले गर्दा फस्टाउन सकेका छैनन् । भारतमा धेरै निकासी हुन लाग्दा विभिन्न कर तथा गैरकर अवरोध सिर्जना हुँदै आएको पनि छ । वनस्पति घिउ, जिंक अक्साइड, एक्रेलिक यार्नजस्ता नेपालमा उत्पादन हुने वस्तुमा अतिरिक्त शुल्क लगाएर नेपाली उद्योग नै सुकेको अनुभव हामीसित छ । यस्तो व्यवहार गर्दै आएको भारतले विद्युत् बजार खुला गरेको छ ।

यसबाट उसले नेपाललाई हेर्ने दृष्टिकोण र गर्ने व्यवहार परिवर्तन भएको छनक मिलेको छ, जुन स्वागतयोग्य हो । यद्यपि, भारतसित भएका सन्धि–सम्झौता कार्यान्वयन तहमा फितलो छ, जसले गर्दा हामी अति उत्साहित हुनुको अर्थ छैन । भारतमा मात्र बिजुली निकासी गर्ने एकल नीतिमा हामीले पनि परिमार्जन गर्नुपर्छ अब । किनभने २०४८ सालदेखि भारतमा बिजुली निकासी गर्ने नीति लागू ग¥यौं । २७ वर्षको अवधिमा भारतमा बिजुली निकासी भएन, उल्टै अहिले पाँच सय मेगावाट बिजुली आयात भइरहेको छ ।

निश्चय पनि भारतले बुद्धत्व प्राप्त गरेको हो र आगामी दिनमा नेपालको बिजुली भारत र बंगलादेशमा निर्यात गर्न अरू बखेडा र झन्झट सिर्जना गर्दैन भने यसले दीर्घकालीन रूपमा दुई देशको सम्बन्धलाई अझ बलियो बनाउनेमा शंका छैन । नेपालको अथाह जलस्रोत उपयोगमा विदेशी लगानी आवश्यक पर्छ, तर यहाँको सीमित बजारले वैदेशिक लगानीलाई आकर्षित गर्न सकिरहेको छैन । स्वयं नेपाली निजी क्षेत्रले पनि विद्युत् प्राधिकरणलाई मात्र बिजुली बेच्नुपर्ने बाध्यता छ, जसले गर्दा उनीहरूले पनि बजार पाउन सकिरहेका छैनन् ।

किनभने प्राधिकरण आगामी वर्षको वर्षायामदेखि बिजुली जगेडा हुने भयो भन्दै चिन्तित छ । यसले गर्दा विद्युत् खरिद सम्झौता (पीपीए) लाई खुम्चाएको छ । सरकारले पेट्रोलियम पदार्थ विस्थापित गर्न विद्युतीय सवारी सञ्चालन प्रोत्साहित गर्ने, खाना पकाउने ग्यासलाई बिजुलीमा रूपान्तरण गर्ने, पूर्व–पश्चिम विद्युतीय रेल सञ्चालन गर्ने, पहाडी क्षेत्रमा रोपवे चलाउनेलगायत थुप्रै उपायबाट बिजुली खपत र तेल विस्थापित हुन सक्छ । यस दिशातिर पनि राज्य लाग्नुपर्छ । भारतमा मात्र बेच्ने भनी बस्दा अहिलेकै अवस्था दोहोरिन सक्नेतर्पm सरकारले हेक्का राख्नुपर्छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.