जनप्रतिनिधि दोहोरो सुविधामा

जनप्रतिनिधि दोहोरो सुविधामा

बाजुरा : बाजुराका स्थानीय तहका जनप्रतिनिधिले दोहोरो सुविधा लिने गरेका छन्। सरकारी कर्मचारी सेवाबाट निवृत्तिभरण र जनप्रतिनिधि भएबापत पाउनुपर्ने रकम लिने गरेका छन्।

स्थानीय स्वायत्त शासन ऐनमा एक ठाउँको मात्र सेवा लिन पाइने व्यवस्था भए पनि बाजुरामा दोहोर सुविधा लिइरहेका छन्। हिमाली गाउँपालिका–७ का वडाध्यक्ष जयबहादुर अधिकारी पूर्वसैनिक हुन्। उनले निवृत्तिभरण पनि लिइरहेका छन्, गाउँपालिकामा मासिक पाउनुपर्ने २० हजार पनि लिइरहेको गाउँपालिकाले जनाएको छ। त्यस्तै, बुढिन्नदा नगरपालिका–२ का वडाध्यक्ष भीमबहादुर कार्की जेटिए हुन्। उनले पनि दुवै सेवा लिइरहेका छन्। कार्कीले नगरपालिकाबाट मासिक २२ हजार लिइरहेका छन्।

बडिमालिका नगरपालिकामा १ का वडासदस्य विश्वराज पण्डित कृषि कार्यालयका पूर्वअधिकृत तहका कर्मचारी हुन्। उनले पनि दोहोरो सुविधा लिइरहेका छन्। उनले नगरपालिकाबाट वडासदस्य भएबापत पाउने मासिक ६ हजार बुझिरहेको बडिमालिका नगरपालिकाका लेखापाल पर्शुराम गिरीले बताएका छन्। आफूलाई दिन मिल्ने÷नमिल्ने कुनै जानकारी नभएको आफूहरूले भने नियमित दिइरहेको लेखापाल गिरीले बताए।

स्वामिकार्तिक गाउँपालिकाले भने गाउँपालिकाबाट पाउनुपर्ने रकमको ५० प्रतिशत दिइरहेको बताएको छ। वडा नम्बर ५ का अध्यक्ष विष्णुबहादुर शाही पूर्व प्रहरी र वडा नम्बर ४ का अध्यक्ष काशिराम कैला वाणिज्य बैकका कर्मचारी हुन्, यी दुवै वडाध्यक्षलाई भने गाउँपालिकाबाट मासिक १० हजार मात्र दिने गरेको स्वामिकार्तिक गाउँपालिकाका निमित्त कार्यकारी कुवेर शाहीले बताए। उनले पाउने मासिक २० हजार हो तर निवृत्तिभरण पनि पाउने भएकाले ५० प्रतिशत मात्र दिने गरेको बताए।

कोष लेखा नियन्त्रण कार्यालय बाजुराका लेखापाल धनबहादुर थापाले भने यस्तो अवस्थामा दुईमध्ये एक ठाउँको रकम मात्र लिन पाउने व्यवस्था रहेको बताए। नैतिक आधारले एक ठाउँको मात्र रकम लिनुपर्ने हो तर देशभरि दोहोरो सुविधा लिने गरेको थापाले थपे। नियमन अनुगमन गर्ने निकाय कोही नहुँदा दोहोरो सुविधा लिने गरेको पाइएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.