धान र मकै उत्पादन लक्ष्यअनुरूप

धान र मकै उत्पादन लक्ष्यअनुरूप

काठमाडौं : कृषि उत्पादनतर्फ १४औं योजनाको लक्ष्य प्राप्त भएको छ । १४औं योजनामा सरकारले तोकेको कृषिजन्य वस्तुको उत्पादन लक्ष्यनजिक पुगेको हो ।

योजना अवधि ०७३÷७४ देखि ०७४÷७६ सम्म विशेष गरी प्रमुख बाली धान र मकैको उत्पादन लक्ष्यनजिक पुगेको छ । उत्पादन वृद्धि नहुँदा गहुँ, आलु, फलफूल तथा दलहन बालीले लक्ष्य भेट्न सकेका छैनन् । उखुबालीतर्फ लक्ष्यभन्दा बढी उत्पादन भएको छ । उखुका लागि तीन हजार चार सय मेट्रिक टन लक्ष्य तोकिएकामा गत आवसम्म तीन हजार पाँच सय मेट्रिक टन उत्पादन भएको थियो ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार १४औं योजनाको अन्तिम वर्ष सरकारले धानतर्फ ५५ लाख ६१ हजार मेट्रिक टन, मकैतर्फ २६ लाख ९६ हजार मेट्रिक टन र तेलहनतर्फ दुई लाख ३६ हजार मेट्रिक टन लक्ष्य निर्धारण गरेको थियो । २०७४÷७५ सम्म धानतर्फ ५१ लाख ९८ हजार, मकैतर्फ २५ लाख २० हजार र तेलहनतर्फ दुई लाख २१ हजार मेट्रिक टन उत्पादन भएको थियो । धानमा लक्ष्यमा पुग्न तीन लाख ६३ हजार मेट्रिक टन, मकैतर्फ एक लाख ७६ हजार र तेलहनतर्फ १५ हजार मेट्रिक टन फलाउन बाँकी छ ।

यस्तै गहुँका लागि २२ लाख १९ हजार, आलुका लागि ३२ लाख ५० हजार, फलफूलका लागि १४ लाख ८० हजार र दलहनका लागि चार लाख ३८ हजार मेट्रिक टन उत्पादन हुनुपर्ने लक्ष्य तोकिएको थियो । यसमध्ये गत आर्थिक वर्षसम्म गहुँतर्फ एक लाख ४५ हजार मेट्रिक टन कम उत्पादन भएको छ ।

यस्तै आलुतर्फ ३१ लाख मेट्रिक टन, फलफूलतर्फ १३ लाख ३९ हजार मेट्रिक टन र दलहनतर्फ चार लाख १० हजार मेट्रिक टन उत्पादन भएको छ । यी सबैमा लक्ष्यभन्दा कम उत्पादन भएको हो । मन्त्रालयको तथ्यांकअनुसार १४औं योजनाको अन्तिम वर्षका लागि तरकारीतर्फ ४० लाख मेट्रिक टन उत्पादन हुने लक्ष्य तोकिएकोमा गत वर्षसम्म ३८ लाख मेट्रिक टन उत्पादन भएको थियो । लक्ष्यलाई भेट्न तरकारीबालीतर्फ दुई लाख मेट्रिक टन फलाउनुपर्ने अवस्था छ ।

मन्त्रालयको आँकडा अनुसार १४औं योजनाको लक्ष्य भेट्न पशुपन्छीतर्फ मासु, दूध र माछाले अझै उत्पादन वृद्धि गर्नुपर्ने अवस्था छ । योजनाको अन्तिम वर्षका लागि मासुतर्फ चार लाख १७ हजार किलो, अण्डातर्फ एक लाख ५७ हजार गोटा, दूधतर्फ २५ लाख ९४ हजार लिटर तथा माछातर्फ एक लाख तीन हजार किलो उत्पादन हुनुपर्ने लक्ष्य तोकिएको थियो । यसमध्ये गत आर्थिक वर्षसम्म मासुतर्फ तीन लाख ७९ किलो, अण्डातर्फ एक लाख ४५ हजार गोटा, दूधतर्फ २२ लाख ९६ लिटर र माछातर्फ ९५ हजार किलोमात्रै उत्पादन भएको छ । लक्ष्य नजिक अण्डामात्रै पुग्न थालेको छ ।

चालु वर्षको पहिलो चार महिनाको प्रगति प्रतिवेदनअनुसार पहिलो प्राथमिकताको तीन कार्यक्रमले शून्य प्रतिशत प्रगति गरेको छ भने नौ कार्यक्रमले ५० प्रतिशतभन्दा कम प्रगति गरेका छन् ।

यसैबीच कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनालले मातहतका कर्मचारीलाई कामको गति बढाउन निर्देशन दिएका छन् । मन्त्रालय मातहतको योजना तथा विकास सहायता समन्वय महाशाखाको प्रथम चौमासिक समीक्षा बैठकलाई सम्बोधन गर्दै मन्त्री खनालले हरेक निकायलाई परिचालन गरी कामलाई दु्रत गति प्रदान गर्न निर्देशन दिएका हुन् ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.