लेनदेनमा कुरा नमिल्दा साथीको हत्या

लेनदेनमा कुरा नमिल्दा साथीको हत्या

मलंगवा : सर्लाहीको बरहथवा ५ का ३० वर्षीय मालिक महतोको हत्या लेनदेनको विषयमा कुरा नमिल्दा भएको खुलेको छ। महतोको पुष ६ गते (शुक्रबार राति)  घर नजिकैको सोती खोलाको चोर्नीया पुल नजिक हत्या गरिएको थियो। 

उनको हत्या सोही वडामा बस्ने नातामा भिनाजु पर्ने ३० वर्षीय धनेश्वर महतोको योजनामा भएको प्रहरी उपरीक्षक पोषराज पोखरेलले बताए। मृतक मालिक र धनेश्वर केही वर्षदेखि मिलेर जग्गा खरिद बिक्री गर्दै आएका थिए। 

धनेश्वरले हरिवनको जग्गा खरिद गरेर बिक्री गर्दा लगानी नगरेका मालिकलाई नाफाबाट आधा रकम दिएका थिए। तर, ६ महिना पहिले हरिवनकै जग्गा मालिकले एक्लै खरिद गरेर बिक्री गरेको र नाफा एक्लै लिएपछि उनीहरुबीच मनमुटाव भएको थियो। 

मालिकले धनेश्वरलाई काठमाडौंबाट सुनको कारोबार गरौं भनेर लोभ देखाएको। तर, केही दिनसम्म पनि कारोबारको बारेमा जानकारी नदिएपछि मालिक एक्लै पैसा कमाउन थाल्यो भनेर उनीमाथि आक्रमण भएको देखिन्छ। 

आफूलाई छोडेर मालिकले एक्लै कारोबार गर्न थालेको र राम्रो पैसा कमाउन थालेको महसुस भएपछि हत्या गर्ने योजना बनाएको बयान प्रहरी समक्ष दिएका छन्। 

योजना अनुसार पुष ५ गते बिहीबार राति धनेश्वर, रविन्द्र र फरार रहेका एकजना व्यक्तिले मालिकलाई सुन जस्तो वस्तु भेटिएको छ भन्ने बहाना बनाएर बोलाएका थिए। 

मालिकलाई बोलाएर राजु चौकमा रहेको रक्सी पसलबाट रक्सी र भुजिया खरिद गरी मोटरसाइकलमा चढाई रातको समयमा उनलाई चोर्निया पुल नजिकको एकान्त ठाउँमा लगेका थिए। सुरुमा सबैजना मिली रक्सी र भुजिया खाएका थिए। 

रक्सी खाएर मातेपछि रविन्द्र र फरार रहेका एकजना व्यक्तिले बाँस काट्न प्रयोग गरिने धारिलो हतियारीले पालै–पालो हात समाई टाउँको र गर्धनमा प्रहार गरी हत्या गरेको प्रहरीले बताएको छ।

प्रहरीले हत्यामा प्रयोग गरिएको ना ५२ प ७१४८ नम्बरको अपाचे मोटसाइकल, काट्नमा प्रयोग गरिएको धारिलो हतियार, रबिन्द्रले लगाएको रगत लागेको कपडासमेत बरामद गरेको छ। 

मृतक मालिक बागमती नगरपालिका ३ ढुङ्ग्रेको जिरायतमा निजी विद्यालयसमेत सञ्चालन गर्दै आएका थिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.