हिमाल निजी क्षेत्रलाई जिम्मा दिइने

हिमाल निजी क्षेत्रलाई जिम्मा दिइने

काठमाडौं : सरकारले हिमाललाई उद्योगको रुपमा विकास गरी आम्दानी बढाउन निजीसँग सहकार्य गर्ने भएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ‘संघीय पर्यटन विधेयक २०७५’ को मस्यौदामै उल्लेख गरेर अब हिमाललाई उद्योगकै रुपमा विकास गर्न निजी क्षेत्रसँग सहकार्य गर्ने भएको हो।

सरकारले चार सय १४ वटा हिमाल आरोहणका लागि खुल्ला गरे पनि अहिले वार्षिक रुपमा ५० देखि ६० वटा मात्र हिमालको आरोहण हुने गरेको पर्यटन विभागको तथ्याङक छ। 

हिमालैहिमालको देशले विश्वभर चिनिएकाले नेपालमा गुणस्तर पर्यटक पर्वतारोहणमा मात्र आउने गरेको भन्दै थप हिमालको प्रर्वद्धन गर्न निजी क्षेत्रलाई जिम्मा दिन पर्यटन व्यवसायीले सरकारलाई सुझाव दिएका छन्।

सबै हिमालको आरोहण गराउन सके वार्षिक १० अर्ब बढी राजस्व संकलन हुने सम्भावना भएको व्यवसायी बताउछन्। अहिले ४५ करोड मात्र राजस्व संकलन हुँदै आएको छ। 

पहिचान गरेका हिमालको प्रर्वद्धन र प्रचारप्रसार गर्न नसक्दा पर्वतारोहीको संख्या कम भएको पर्यटन व्यवसायी सुर्दशन न्यौपानेको भनाइ छ। संघीय सरकारले हिमाललाई आफैँ मातहत राखेको छ, स्थानीयतह र निजी क्षेत्रसँग प्रत्यक्ष रुपमा सहकार्य बढाएर आधार शिविरसम्म पुग्ने बाटो, खानेपानी, बस्ने स्थान, होटललगायत आरोहीका लागि आवश्यक व्यवस्था गर्नु खाँचो भएको उनको भनाइ छ। सरकारको २०२० मा २० लाख पर्यटन भित्राउने लक्ष्य पूरा गर्न हिमालको पनि प्रर्वद्धन गर्नु पर्ने उनको माग छ।

सरकारले पर्यटन ऐन २०३५ मा उल्लेख नै गरेर नेपाल पर्वतारोहण संघ नाम गैरसरकारी संस्थालाई २७ वटा हिमालको प्रर्वद्धन गर्ने जिम्मा दिएको छ। 

यसबाट मात्र वार्षिक करिब एक अर्बसम्म आम्दानी हुने गरेको छ। यसरी नै राज्यको आयस्तर वृद्धि हुने गरी व्यवस्थापन गरेर नाफामुलक गैरसरकारी संस्थालाई हिमालको जिम्मा दिने पक्षमा मन्त्रालयले पहल थालेको प्रवक्ता घनश्याम उपाध्ययले बताए। 

राजश्व वृद्धि गर्ने र हिमालको प्रर्वद्धन र प्रचारप्रसार गर्ने गरी केही समयसम्म निजीलाई जिम्मा दिएर हिमाललाई उद्योगको रुपमा विस्तार गर्न व्यवसायीसँग सुझाव समेत लिएको उपाध्ययले बताए।

आरोहीलाई आर्कषण गर्ने कार्यक्रम ल्याए वार्षिक रुपमा सयाँै हिमालको आरोहण हुने व्यवसायीले दाबी गरेका छन्।  नयाँ हिमालको प्रर्वद्धन गर्न मन्त्रालय र विभागले कुनै पनि कदम नचालेको व्यवसायी टिकाराम गुरुङको आरोप छ। 

हिमाललाई उद्योगको रुपमा विकास गरेर नयाँ सुविधा थप गरे विश्वका पर्यटकले जतिपनि खर्च गर्न सक्ने गुरुङले बताए। विश्वका अग्लो सगरमाथासहित नेपालमा १४ वटा आठ हजार भन्दा अग्ला हिमाल छन्। आरोहणका लागि खुला गरिएका चार सय १४ मध्ये ८६ अझै पनि आरोहण हुन सकेको छैन। 

वर्षेनी सगरमाथा, मनास्लुलगायतका एक दर्जन बढी हिमालको मात्र धेरै आरोहण हुने गरेको छ, बाँकी हिमाल चाहेर पनि जान नसक्ने भएकाले आरोहण नभएको व्यवसायी बताउछन्।

आर्थिक वर्ष २०७३÷०७४ मा ६८ वटा मात्र हिमाल आरोहण भयो, उक्त वापत ३९ करोड ३४ लाख ९८ हजार राजस्व संकलन भयो। तीन सय ३५ हिमालको आरोहण भएन, यो सरद ऋतुमा ५५  हिमाल आरोहण गर्न विभागले अनुमति दिए। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले हिमालबाट प्राप्त राजश्व स्थानीय तहलाई २५, प्रदेश सरकारलाई २५ र संघीय सरकारलाई ५० प्रतिशत बाँडफाँड गर्ने निर्णय गरेको छ। 

तीनै तहमा राजस्व बाँडफाँट हुने भएकाले सहकार्य गरेर हिमालको प्रर्वद्धन गरी आम्दानी वृद्धि गर्न व्यवसायीको सुझाव छ। 

विश्वमा २६ वटा राष्ट्रमा हिमाल रहेको युनियन अफ इन्टरनेश्नल अल्पाइन एसोसिएसन (युआइएए)को तथ्याङक छ। तर नेपाल बाहेक पाकिस्तान र चीनमा मात्र अग्ला हिमाल छन् भने बाँकी देशमा होचा हिमाल मात्र भएकाले आरोहण गर्न नेपालनै आउने गरेको नेपाल पर्वतारोहण संघका अध्यक्ष शन्तविर लामाले बताए। 

सन् १९५३ मे २९ मा तेञ्जिङ नोर्गे र एडमण्ड हिलारीले सगरमाथाको आरोहण गरेपछि आरोहणको इतिहास सुरुवात भएको हो।   


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.