जनप्रतिनिधिलाई दुबै हातमा लड्डु : एक हातमा तलब, अर्को हातमा पेन्सन

जनप्रतिनिधिलाई दुबै हातमा लड्डु : एक हातमा तलब, अर्को हातमा पेन्सन

बाजुरा : बाजुरा जिल्लाका स्थानीय तहमा निर्वाचित भएका जनप्रतिनिधिले दोहोरो सुविधा लिने गरेको पाइएको छ । उनीहरुले जनप्रतिनिधिको हैसियतमा भत्ता लिनुका साथै सरकारी कर्मचारी सेवाबाट निवृत्तिभरण पनि लिइरहेका छन् ।

स्थानीय स्वायत्त शासन ऐनमा एउटा ठाउँको मात्र सेवा लिन पाउनु पर्ने व्यवस्था भए पनि बाजुराका केही प्रतिनिधिले भने दोहोर सुविधा लिइरहेका हुन् ।

हिमाली गाउँपालिका–७ का वडाध्यक्ष जयबहादुर अधिकारी पुर्व सैनिक हुन् । उनले निवृत्तिभरण पनि लिइरहेका छन्, गाँउपालिकामा मासिक पाउनुपर्ने २० हजार पनि लिइरहेको गाउँपालिकाले जनाएको छ ।

यस्तै बुढिन्नदा नगरपालिका–२ का वडाध्यक्ष भीमबहादुर कार्की पुर्व भेटनरी जेटिए हुन् । उनले पनि दुबै सेवा लिइरहेका छन् । भीम बहादुर कार्कीले सरकारी पेन्सनसँगै नगरपालिकाबाट मासिक २२ हजार लिइरहेका छन् ।

कृषि कार्यलयका पूर्व अधिकृत तहका कर्मचारी विश्वराज पण्डित बडिमालिका नगरपालिका–१ का वडा सदस्य हुन् । उनले पनि दोहोरो सेवा लिँदै आएका छन् । नगरपालिकाबाट वडा सदस्यको हैसियतमा मासिक ६ हजार रकम बुझ्ने गरेका छन् उनले । बडिमालिका नगरपालिकाका लेखापाल पशुराम गिरी भने यसरी तलब दिन मिल्ने–नमिल्ने त्यसबारे जानकारी नभएको बताउँछन् ।

स्वामीकार्तिक गाँउपालिकाले भने दोहारो सुविधा लिने प्रतिनिधिलाई गाँउपालिकाबाट पाउनु पर्ने रकमको ५० प्रतिशत मात्रै दिइरहेको बताएको छ । वडा नम्बर ५ का वडाध्यक्ष विष्णुबहादुर शाही पुर्व प्रहरी र वडा नम्बर ४ का अध्यक्ष काशिराम कैला बाणिज्य बैंकका कर्मचारी हुन्, दुबै वडाध्यक्षलाई भने गाँउपालिकाबाट मासिक १० हजार मात्र दिने गरेको स्वामीकार्तिक गाँउपालिकाका निमित्त कार्यकारी कुबेर शाहीले बताए । उनीहरुले पाउने मासिक २० हजार हो । तर निवृत्तिभरण पनि पाउने भएकाले ५० प्रतिशत मात्र दिने गरेको बताइएको छ ।

कोष लेखा नियन्त्रण कार्यलय बाजुराका लेखापाल धनबहादुर थापा भने यस्तो अवस्थामा दुईमध्ये एक ठाँउको रकम मात्र लिन पाउने व्यवस्था रहेको बताउँछन् । ‘नैतिक आधारले एक ठाँउको मात्र रकम लिनुपर्ने हो, तर देशैभर अधिकांश जनप्रतिनिधिले दोहोरो सुविधा लिने गरेको देखिन्छ,’ थापाले थपे । यस्ता गतिविधि नियमन गर्ने निकाय नहुँदा जनप्रतिनिधिहरुले धमाधम दोहोरो सुविधा लिने गरेको पाइएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.