चालकलाई चक्कु देखाई बस अपहरण गर्न खोज्दा दुर्घटना

चालकलाई चक्कु देखाई बस अपहरण गर्न खोज्दा दुर्घटना

बेइजिङ : चीनको पूर्वी क्षेत्र फुचियान प्रान्तमा मंगलबार एक व्यक्तिले गाडीको चालकलाई चक्कु देखाई गाडी अपहरण गर्न खोज्दा भएको बस दुर्घटनामा पाँचजनाको मृत्यु भएको छ। घटनामा २१ जना घाइते भएका छन्।

चक्कुधारी व्यक्तिले बसलाई अपहरण गरेर लाने क्रममा स्थानीय समयअनुसार दिउँसो ३ बजेर २० मिनेटमा बस पैदलयात्रीसँग ठोक्किएको चिनियाँ सरकारी समाचार संस्था सीजीटीएनले प्रहरीलाई उद्धृत गर्दै जनाएको छ। अपहरणकारीलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिई अनुसन्धान शुरु गरेको सीजीटीएनले बताएको छ।

मृतकमध्ये एक प्रहरी अधिकारी रहेका छन्। अमेरिकाबाट सञ्चालित चिनियाँ अनलाइन दुववे न्यूजले दुर्घटनाग्रस्त बसको नजिकै सडकमा ढलेको अवस्थामा केही व्यक्तिहरूको तस्वीर देखाएको छ।

 तस्वीरमा प्रहरी एकजना व्यक्तिसँग सडकमा लडिरहेका देखिन्छन्। घटनाबारे एएफपीले घटनाबारे अनुसन्धान भइरहेकोले केही भन्न नमिल्ने भन्दै प्रहरीको भनाइ रहेको जनाएको छ। चीनमा यो वर्ष यस खालका धेरै घटना भएका छन्।

नोभेम्बरको अन्त्यमा ल्याओनिङ प्रान्तको उत्तरपूर्वमा एउटा प्राथमिक विद्यालयका विद्यार्थीले सडक पार गरिरहेका बेला एउटा कार उनीहरूलाई धकेल्दै अघि बढेपछि पाँचजनाको मृत्यु भएको थियो भने १८ जना घाइते भएका थिए।  रासस/एएफपी


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.