सुदूरपश्चिम र अत्तरिया विजयी

सुदूरपश्चिम र अत्तरिया विजयी

धनगढी : फारवेस्ट पशुपति कपको मंगलबार भएका खेलमा सहारा युवा क्लब पहलमानपुर, सुदूरपश्चिम-११ स्पोर्टस् क्लब र पीएफए अत्तरिया विजयी भएका छन्। मंगलबार जित हात पार्ने तीनै टोली क्वार्टरफाइनलमा प्रवेश गरेका छन्।

धनगढी रंगशालामा खेलमा सहारा युवा क्लबले हेटौंडा फुटबल एकेडेमीलाई ५-० गोलले पराजित गर्‍यो। खेल सुरु भएको तेस्रो मिनेटमै सहाराका विदेशी खेलाडी इन्टोट बाफोरले गोल गर्दै सहारालाई अग्रता दिलाएका थिए। पहिलो हाफको २८औं मिनेटमा साहिल विष्टले गोल थप्दै अग्रता दोब्बर बनाएका थिए।

 त्यसपछि ३४ र ५१औं मिनेटमा मोहन थापाले गोल गरे भने ७३औं मिनेटमा गणेश बडुवालले गोल गर्दै सहारालाई विजयी बनाए। खेलमा दुई गोल गरेका मोहन थापा म्यान अफ दी म्याच चुनिए।

यस्तै अर्को खेलमा सुदूरपश्चिम-११ ले बाई पाएर क्वार्टरफाइनलमा स्थान बनायो। भारतको उत्तराखण्डको टोली अनुपस्थित भएपछि सुदूरपश्चिम-११ ले खेल खेल्नै परेन। यसैगरी अर्को खेलमा पीएफए अत्तरियाले दाङको स्पोर्टस् स्कुल फुटबल एकेडेमीलाई १-० ले पराजित गर्‍यो। खेलको एकमात्र निर्णायक गोल नरेन्द्र साउदले गरेका थिए। खेलमा उत्कृष्ट प्रदर्शन गरेका दाङको स्पोर्टस् स्कुल फुटबल एकेडेमीका गोलरक्षक नरेन्द्र केसी म्यान अफ दी म्याच चुनिए।

पुस १४ सम्म हुने प्रतियोगिताअन्तर्गत बुधबार पनि तीन खेल हुनेछन्।

प्रतियोगिताका विजेताले चार र उपविजेताले नगद दुई लाख रुपैयाँ पुरस्कार पाउनेछन्। यस्तै उत्कृष्ट खेलाडीले पनि आकर्षक नगद पुरस्कार पाउनेछन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.