इन्टरनेटमा समस्या आउँदा डोल्पाका बैंक तथा कार्यालय प्रभावित

इन्टरनेटमा समस्या आउँदा डोल्पाका बैंक तथा कार्यालय प्रभावित

डोल्पा : डोल्पामा एक सातादेखि नेपाल टेलिकमको इन्टरनेटमा समस्या आएपछि बैंक लगायत सरकार कार्यालयबाट हुने अनलाइका सबै काम प्रभावित भएका छन्। रेडियो लिङ्कबाट एडीएसएल र वाइम्याक्सको इन्टरनेट सेवा दिएको नेपाल टेलिकमले भरपर्दो इन्टरनेट दिन नसकेपछि बैंक र अन्य अनलानइका सेवा प्रभावित भएका हुन्।

एक सातादेखि दुनैमा रहेका नेपाल बैंक,राष्ट्रिय वाणिज्य बैंक, सिटिजन्स बैंक, निर्धनउत्थान बैंक लगायत आधा दर्जन आइएमई र लाइफा इन्सुरेन्स पूर्ण रुपमा प्रभावित भएका छन्।

दैनिक इन्टरनेट बिना कुनै पनि काम अघि बढ्दैन तर अप्टिकलबाटै ल्याएको नेपाल टेलिकमको इन्टरनेट नचलेपछि सेवाग्राहीको काम प्रभावित भएको नेपाल बैंक डोल्पा शाखाका प्रबन्धक बेदबहादुर बुढाले बताए। उनी भन्छन् इन्टनेटको समस्याले बैंकको आम्दानीमा पनि गिरावट आएको र टाढाबाट आएका सेवाग्राही पनि मर्कामा परेका छन्।

सरकारी कार्यालयबाट नागरिकलाई दिइने सबै सेवाहरू अनलाइनबाट गर्नुपर्नेमा सर्भर खुल्न समय लाग्ने हुँदा काम गर्न निकै कठिन भएको जिल्ला प्रशासन कार्यालयका कम्प्युटर अपरेटर सन्तोष बोहोराले दुखेसो पोखे।

देशभर ५ एमबीपीएस क्षमताको एडीएसएल इन्टरनेटको सेवा दिएको तर डोल्पामा २ एमबीपीएस सम्ममात्र चल्ने गरेको दूरसञ्चार कार्यालय डोल्पाले जानकारी दिएको छ। निकै लामो दूरीबाट डोल्पा सम्म पुग्ने भएकोले पनि इन्टरनेट कमसल भएको दूरसञ्चार कार्यालय डोल्पाका प्रमुख दयाविक्रम केसीले बताए।

नेपालगञ्जबाट डोल्पा सम्म आइपुग्न ७ वटा रेडियोलिङ्कका रिपिटर टावर हुदै आउनुपर्ने भएकोले पनि डोल्पामा इन्टरनेटको सेवा द्रुत हुन नसेको क्षेत्रीय दूरसञ्चार प्राधिकरण नेपालगञ्जले जानकारी दिएको छ।

आधादर्जन रिपिटरबाट डोल्पाको दुनै र आसपासका बिटिएसमा नेटर्वक पग्दछ हिउँ र चिसोको कारण सिस्टममा समस्या आएको र चिसोको कारण मर्मतमा ढिलाइ भै रहेको नेपालगञ्ज दूरसञ्चार कार्यालयका प्राविधिक शाखाका प्रमुख सुसिम पोखरलले जानकारी दिए।

डोल्पाको लागि अब चैत महिना सम्ममा इन्टरनेटको क्षमता बढाउने तयारी भैरहेकोले जाडो महिनामा नेट कमसल नै हुने पोखरेलले बताए। उनले भने 'हाल भएको समस्याको समाधान एक दुई दिनमा हुन्छ। हाल मोबाइलबाट डाटा समेत राम्रोसँग चलेको छैन।'


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.