तारैतारले राजधानी कुरुप

तारैतारले राजधानी कुरुप

काठमाडौं : राजधानीको प्रमुख प्रशासनिक केन्द्र सिंहदबार तारले घेरिएको छ। सिंहदबार पूर्वी गेट अगाडी बिजुलीको ट्रान्स्फर्मर पटक पटक पड्किने पीडाले अनामनगरवासी आजित बनेका छन्। ट्रान्स्फर्मरकै पोलमा इन्टरनेट, केवल र टेलिफोनका तार गुजुल्टिएर टाँगिएका छन्। बेलाबेला ती पोलमा आगलागी हुँदै आएका छन्। अनामनागरबाट केही मिटर अगाडी बिजुलीबजार सडक खण्डको दाँयाबाँया सडकमा गाडिएका पोल तारकै जालोले कुरुप देखिन्छ।

संघीय संसद् भवनको दक्षिण गेट अगाडीका पोलहरू तारले भरिएका छन्। संसद् भवन अगाडी भेटिएका स्थानीय प्रकाश पौडेलले तारले कुरुप हुँदा पनि सांसदहरूको ध्यान नगएको प्रति आफू आचश्र्यमा परेको प्रतिक्रिया दिए। उनले अन्नपूर्णसँग भने, ‘सांसदज्यूहरू चिल्ला गाडीमा हिँड्नुहुन्छ। उहाँहरूले संसद् भवन अगाडी लत्रिएका तार बारे ध्यान दिएको देखिएन।’

वल्डलिंक, सुविसु, क्लासिक, भायो नेटलगायतका इन्टरनेट सेवाप्रदायक कम्पनीले टेलिकम र विद्युत् प्राधिकरणका खम्बामा तार टाँग्दै आएका छन्। केबल टेलिभिजन च्यानलले पनि मनमौजी ढंगले पोलमा तार टाँग्दै आएका छन्।

राजधानीका अधिकांश सडक खण्डका छेउमा गाडिएका पोलमा तार व्यवस्थित ढंगले राखिएको छैन। तारको गुजुल्टोले भरिएका खम्बाले सहरको सौन्दर्यलाई नै कुरुप राख्दा समेत सम्बन्धित निकायको ध्यान गएको देखिँदैन। महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार लत्रिएका तारकै कारण सडक दुर्घटना हुँदै आएको छ। महाशाखा प्रमुख एसएसपी वसन्तकुमार पन्तले भने, ‘पोलमा तार गुजुल्ट्याएर राखिएको हुन्छ। ठूला सवारी आउने बित्तिकै गाडीको माथिको भागले तार छोएर दुर्घटना हुँदै आएका छन्। यसलाई व्यवस्थित गर्ने निकायको ध्यान दिनुजरुरी छ।’

उनले लत्रिएका तारले दुर्घटना भए ट्राफिकमै गुनासा आउने तर नियामक निकाय यसबारे मौन रहँदा सडक प्रयोगकर्ता मारमा पर्दै आएको गुनासो गरे।

तारलाई जमिनमुनी बिच्छ्याएर अप्टिकल फाइबरमार्फत पुरेर लैजाने योजना काठमाडौं महानगरपालिकाका तत्कालीन कार्यकारी प्रमुख रुद्रसिंह तामाङले बनाएका थिए। उनी सरुवा भएपछि सहसचिव ईश्वरराज पौडेल पुगे। पौडेलले खासै चासो देखाएनन्।

अहिले सचिव यादवप्रसाद कोइराला कार्यकारी छन्। उनले तारलाई व्यवस्थित गर्ने तर्फ महानगरपालिकाले काम गरिरहेको बताए पनि कार्यक्षेत्रमा भने कुनै परिवर्तन देखिएको छैन।

महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले सप्ताहव्यापी कार्यक्रम गर्दै सडककोर्‍याम्प (पेटीको कुलो थुनिने गरी बनाइएको संरचना) हटाउने, अव्यवस्थित रुपमा पोलमा टाँगिएका तार हटाउनेलगायतका काम गर्ने भनिएको छ। तर उक्त अभियानले अव्यवस्थित तार व्यवस्थापनबारे खासै काम गरेको देखिँदैन पछिल्लो समय महानगरले १० दिनको म्याद दिएर महानगरवासीलाई अनधिकृत संरचना हटाउन सूचित गरेको छ। शुक्रबार यसको म्याद सकिँदैछ।

सडक विभाग, विद्युत् प्राधिकरण, टेलिकमलगायतका सेवाप्रदायक संस्थासँग मिलेर महानगरलेर्‍याम्प हटाउँदै आएको छ। तर अव्यवस्थित तार हटाउनेसम्बन्धमा खासै पहल भएको देखिँदैन।

महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले अव्यवस्थित तार हटाउने योजनाबारे चित्तबुझ्दो जवाफ दिएनन्। उनले भने, ‘हामीले यसबारेमा चासो नदेखाएको होइन। व्यवस्थित नभएको साँचो हो। यसबारे पटकपटक छलफल भइरहेको छ। योजनाका बारेमा पछि बताउँछु।’
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.