नेकपा बैठक ऐतिहासिक भएको प्रचण्डको टिप्पणी
काठमाडौं : सत्तारुढ दल नेकपाको जारी बैठकमा सदस्यले बोलिसकेपछि पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले धारणा राखेका छन् ।
उनले राजनीतिक प्रतिवेदनमाथि आएका सुझाव र आलोचनाको आधारमा सकारात्मक पक्षलाई परिमार्जित प्रतिवेदनका रुपमा पारित गर्नुपर्ने बताए ।यसले पार्टी एकतालाई थप बलियो बनाउने उनको भनाइ छ ।
साथै पार्टी एकतालाई मजबुत बनाउने आधार मिलेको उनले बताए । प्रचण्डले सरकारको रक्षाका लागि एकतावद्ध भएर अघि बढ्न पनि सदस्यलाई अपिल गरेका छन् । बैठकबाट नेतृत्वलाई आफ्ना कमजोरी बुझ्न मौका मिलेको उनकाे भनाइ छ ।
पार्टी र सरकारलाई अलग अलग नगरेर, द्वन्द्धात्मक सम्बन्धका आधारमा पार्टीले सरकारलाई सफल बनाउने प्रतिवद्धता प्रचण्डले राखे । साथै याे बैठक ऐतिहासिक महत्वको भएको प्रचण्डको टिप्पणी छ ।
मंसिर २९ देखि चल्दै आएको बैठकमा यसअघि स्थायी समितिका ४७ जना नेताले आफ्नो धारणा राखिसकेका छन् । अध्यक्ष प्रचण्डले धारणा राखिसकेपछि अर्का अध्यक्ष केपी ओलीले भोलि बोल्ने बताइएको छ ।