निर्मला हत्या प्रकरण : आईजीपी खनालसहितको टोली कञ्चनपुरतर्फ

निर्मला हत्या प्रकरण : आईजीपी खनालसहितको टोली कञ्चनपुरतर्फ

काठमाडौं : निर्मला पन्त हत्याको अनुसन्धानलाई नयाँ सिराबाट सुरु गर्न भन्दै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसहित अपराध अनुसन्धानका विज्ञ टोली कञ्चनपुरतर्फ लागेको छ । 

काठमाडौंबाट मंगलबार हिँडेको टोली चितवन हुँदै कञ्चनपुतर्फ लागेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको हो । 

 टोलीमा केन्द्रीय अनुसन्धान ब्यूरोका डीआईजी निरजबहादुर शाही, इन्टरपोलका उमेशराज जोशी, एसपी गणेश रेग्मी,  एसपी रामदत्त जोशी, अपराध महाशाखाका डिएसपी, अपराध महाशाखाका सई गजेन्द्र रावललगायत छन् । 

कञ्चनपुर पुगेर टोलीले घटनास्थलको निरीक्षण गर्ने,  निर्मलाका बाबुआमालाई भेट्ने र अहिलेसम्म भएका अनुसन्धानका आधारमा नयाँ सिराबाट अनुसन्धान सुरु गर्ने भएको छ । 

प्रहरीका अनुसार अनुसन्धान टोलीले नजिकै रहेको आर्मी ब्यारेकबाट घटना भएको दिन निस्किएका सैनिक जवानहरुमाथि अनुसन्धानबारे पनि टुंगो लगाउने छ । 

हालसम्म पक्राउ परी अनुसन्धान भइरहेकामाथि नयाँ कोणबाट अनुसन्धान गर्ने कार्यक्रम रहेको प्रहरी उच्च स्राेतले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.