ट्रकले रिक्सालाई ठक्कर दिँदा एकको मृत्यु, चार घाइते

ट्रकले रिक्सालाई ठक्कर दिँदा एकको मृत्यु, चार घाइते

वीरगन्ज : वीरगन्ज पोखरीया सडकखण्डमा बुधबार बिहान  ट्रकले इ-रिक्सालाई ठक्‍कर दिँदा एक महिलाको मृत्यु भएको छ। दुर्घटनामा चारजना घाइते भएका छन्। ट्रकको ठक्‍करबाट इ-रिक्सामा सवार पर्साको पोखरीया नगरपालिका वडा नम्बर ७ रानीगन्जकी १८ वर्षीया सविना खातुनको घटनास्थलमै मृत्यु भएको हो। 

वीरगन्ज पोखरीया सडकखण्डअन्र्तगत पर्साको विन्दबासिनी गाउँपालिका- २ बहुअर्वा भाठामा बुधबार बिहान वीरगञ्जबाट पोखरियातर्फ गइरहेको ना २ ह ३४६३ नम्बरको इ-रिक्सालाई विपरित दिशाबाट आउँदै गरेको ना ६ ख ७२८२ नम्बरको ट्रकले ठक्‍कर दिँदा दुर्घटना भएको हो। 

ट्रकको ठक्‍करबाट रिक्सामा सवार पर्साकै पटेर्वा सुगौली गाउँपालिका ६ निवासी झपसी दुसादसहित चारजना घाइते भएका छन्। घाइतेहरुको नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा उपचार भइरहेको छ। दुर्घटना लगत्तै मृतकका आफन्त र गाउँलेले चालकलाई कारबाही र मृतकक परिवारलाई क्षतिपूर्तिको माग गर्दै बुहअर्वाभाठामा सडकमै शव राखेर प्रदर्शन गरे। मृतका आफन्तले मध्यान्ह १२ बजेसम्म वीरगन्ज पोखरीया सडकखण्ड अवरुद्ध पारे।

पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भटटराइले चालकलाई कारबाही र मृतकका परिवारलाई क्षतिपूर्ति दिलाउन पहल गर्ने आश्वासन दिएपछि भने मध्यान्ह १२ बजे पछि स्थानीयले प्रदर्शन स्थगित गरेको इलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी निरीक्षक मछिन्द्र केसीले जानकारी दिए। 

मृतक युवतीको शव पोष्टमार्टमका लागि नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा पठाइएको प्रहरी निरीक्षक केसीले जानकारी दिए। 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.