६३ जनालाई न्यानो कपडा

६३ जनालाई न्यानो कपडा

बाजुरा : बडिमालिका नगरपालिका ७ मा वृद्धवृद्धा र बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ। वडा अध्यक्ष धर्मराज पाध्यायको पहलमा वडामा रहेका वृद्धवृद्धा र बालबालिकालाई चिसोबाट बच्न न्यानो कपडा वितरण गरिएको हो। 

मौसम परिवर्तन भएसँगै जिल्लामा पनि चिसो बढ्दै गएको छ।चिसोबाट बच्नका लागि बाजुराको बडीमालिका नगरपालिका-७ मा मंगलबार एक कार्यक्रमका बीच न्यानो कपडा वितरण गरिएको वडाध्यक्ष पाध्यायले बताए।

नगरपालिकाको रहेका आठ टोलका ४० वृद्धवृद्धालाई कम्मल र २३ बालबालिकालाई ज्याकेट र सुरुवाल वितरण गरिएको हो।  जिल्ली, माउलेख, सिराडी, पोखरा, रजातोली, ढम्कने गरी आठ टोलका ज्येष्ठ नागरिक वृद्धवृद्धालाई न्यानो कपडा वितरण गरिएको वडा अध्यक्ष पाध्यायले जानकारी दिए। 

बडिमालिका नगरपालिका-७ को सहयोग र समाजसेवी दयाराम अग्रवालको समन्वयमा ६३ जनालाई न्यानो कपडा वितरण गरिएको हो। न्यानो कपडा वितरण कार्यक्रममा अध्यक्ष पाध्यायले वडापालिकाको सक्रियता, समाजसेवी दयाराम अग्रवाल र विभिन्न सहयोगी संस्थाको सहयोगबाट न्यानो कपडा वितरण गरिएको बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.