सरस्वती नगरबाट लागूऔषधसहित दुई पक्राउ

सरस्वती नगरबाट लागूऔषधसहित दुई पक्राउ

काठमाडौं : कपनस्थित सरस्वती नगरबाट अवैध लागूऔषध ब्राउन सुगर र विभिन्न सामग्रीसहित प्रहरीले दुईजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ललितपुर मङ्गलबजार बस्ने इलाम रुवाङ गाउँपालिका-६ का २६ वर्षीया अञ्जु प्रधान र काठमाडौँ नागार्जुन बस्ने रौतहट चन्द्रपुर नगरपालिका-६ का ३१ वर्षीय चेतराज शिवकोटी रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। 

उनीहरूको साथबाट ब्राउन सुगर आठ दशमलव ७५ ग्राम, विभिन्न किसिमका मोबाइल तीन थान, लागूऔषधमा प्रयोग गर्ने मेसिन एक थान र नगद २५ हजार बरामद भएको प्रहरीले जनाएको छ। 

लागूऔषध बेचबिखन भइरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरी टोलीले मंगलबार साँझ उनीहरूलाई पक्राउ गरेको हो। घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

यता टोखा नगरपालिका-९ भत्केको पुल डेरा गरी बस्ने सिन्धुपाल्चोकका टेकबहादुर श्रेष्ठको सिन्धुपालचोक खाजा घरबाट मंगलबार साँझ विभिन्न ब्राण्डका मदिरा र नगद नौ हजारसमेत गरी करिब ६९ हजार ७८० बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ। रासस
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.