कर्णाली प्रदेश कप टी-२० क्रिकेट सुरु
सुर्खेत : मंगलबारदेखि कर्णाली प्रदेशको पश्चिम रुकुममा कर्णाली प्रदेश कप टी–२० क्रिकेट प्रतियोगिता सुरु भएको छ ।
जिल्ला क्रिकेट संघ रुकुमले चौरजहारीमा आयोजना गरेको प्रतियोगिता मंगलबारदेखि सुरु भएको हो । प्रदेशकै ठूलो रकम पुरस्कार दिने भनिएको क्रिकेट प्रतियोगिताको मंगलबार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले उद्घाटन गरेका थिए ।
आगामी पुस १७ गतेसम्म संचालन हुने प्रतियोगितामा प्रदेशभरीका सातवटा जिल्लाका टीम सहभागी छन् । लिगकम नकआउटका आधारमा हुने प्रतियोगिताको विजेताले एकलाख र उपविजेताले ६० हजार नगद र प्रमाणपत्र प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।
प्रतियोगितामा राष्ट्रिय स्तरमा खेलिसकेका खेलाडीहरुको सहभागिता रहेको बताइएको छ ।