पुनर्निर्माण सम्बन्धी फोटो प्रदर्शनी सुरु
काठमाडौं : पुनर्निर्माण र पुनस्र्थापना सम्बन्धी फोटो प्रदर्शनी काठमाडौँको बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा सुरु भएको छ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण स्थापनाको तेश्रो वर्ष पूरा भएको उपलक्ष्यमा आयोजना गरिएको तीन दिने फोटो प्रदर्शनको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले बुधबार उद्घाटन गरे।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको आयोजना, यूरोपियन युनियनको सहयोग र फोटो पत्रकार क्लब, नेपाल (पिजे क्लव) को सहकार्यमा आयोजित फोटो प्रर्दशनी पुस १३ गतेसम्म चल्नेछ।
२०७२ वैशाख १२ को भूकम्प र त्यसपछिका परकम्पहरुले पुर्याएको क्षतिलाई देखाउने गरी खिचिएका तस्बिर प्रदर्शनीमा राखिएका छन्। विशेष गरी विभिन्न चार खण्डमा विभाजित प्रदर्शनीमा भूकम्प प्रभावित जिल्लाका गरी करिब १०० वटा फोटो छन्।
फोटो प्रर्दशनीको संयोजन प्राधिकरणका तर्फबाट कुलप्रकाश न्यौपाने र पिजे क्लबका विकास कार्की, अमूल थापा, विक्रम राईलगायतका प्रतिनिधिले गरेका छन्।