राजपाले सक्रिय सदस्य वितरणको म्याद थप्यो
काठमाडौं : राष्ट्रिय जनता पार्टी (राजपा) पहिलो महाधिवेशनको तयारीमा जुटेको छ। यही तयारी अन्तर्गत बुधबार पार्टी मुख्यालय बबरमहलमा बसेको अध्यक्ष मण्डल बैठकलले सक्रिय सदस्यको म्याद थप गरेको घोषणा गरेको हो।
'पार्टी महाधिवेशन प्रयोजनका लागि साधारण र सक्रिय सदस्यता वितरण अभियान २०७५ माघ १५ गतेसम्म म्याद थप गरिने निर्णय गरिएको छ' बैठकपछि सार्वजनिक गरिएको प्रेस विज्ञाप्तिमा भनिएको छ। संयोजक बनेपछि राजेन्द्र महतोको पाचौं प्रयासपछि आज ११ बजे भनिएको राजपा अध्यक्ष मण्डलको बैठक सुरु भएको थियो।
यसअघी एक पटक पनि बैठक बस्न सकेको छैन। आजपनि निर्धारीत समयभन्दा ढिलो बैंकक सुरु भएको हो। मंगलबार प्रधानमन्त्रीसँगको छलफलपछि आन्तरिक छलफल गर्न सोही दिन अध्यक्षमण्डलको बैठक निर्धारण गरिएको थियो। तर, मंगलबार पनि बैठक बस्न सकेको थिएन।