एउटै कुर्सीमा दुई प्रमुखको हानथाप !

एउटै कुर्सीमा दुई प्रमुखको हानथाप !

जनकपुरधाम : जिल्ला जनस्वास्थ्य कार्यालय धनुषामा अहिले एउटै कुर्सीका लागि दुईजना प्रमुखले हानथाप गरेपछि विवाद सृजना भएको छ। जनस्वास्थ्य कार्यालयमा धनुषामा अषाढ ११ गतेदेखि प्रमुख जनस्वास्थ्य प्रशासकको जिम्मेवारीमा कार्यरत रहेका हरिश्चन्द्र साह र सर्लाही जिल्ला जनस्वास्थ्य कार्यालयबाट सरुवा भएर आएका वरिष्ठ जनस्वास्थ्य प्रशासक इन्द्रप्रसाद यादव बीच कार्यालय प्रमुखका विषयमा लिएर विवाद भएको छ। 

यादवलाई प्रदेश सरकारले मंसीर २८ गते सर्लाहीबाट सरुवा गरेर धनुषा पठाएको हो। तर, यहाँ आउँदा जनस्वास्थ्य कार्यालयमा आफूलाई बस्ने स्थान समेत नदिइएको यादवको आरोप छ। उनी भन्छन्, 'कार्यालयमा गएर हाजिर गर्नेबाहेक बस्ने ठाउँसमेत नभएपछि समस्या निदानका लागि मन्त्रालय धाइराखेको छु। यदि बस्ने स्थान नै थिएन् भने मन्त्रालयले सरुवा नै किन गर्‍यो? भन्ने प्रश्न यादवको छ।

यता, साहले आफूलाई सरुवा गरिएको विषयमा मन्त्रालयबाट कुनै पत्र नआएको हुनाले आफू आफ्नो जिम्मेवारीमा यथावत काम गरिराखेको र यादवलाई कुनै अवरोध नगरेको दाबी गरे।

पुस ८ गते जिल्ला प्रशासन कार्यालयमा एम्बुलेन्स संचालन समिति धनुषाको बैठक बसाउनका लागि प्रमुख जिल्ला अधिकारीको निर्देशनमा सदस्य सचिवको हैसियतले जिल्ला जनस्वास्थ्य कार्यालयले मातहतका कार्यालयलाई पत्राचार गरेको थियो।

कार्यालयको लेटरप्याडमा लेखिएको सो पत्रमा वरिष्ठ जन स्वास्थ्य प्रशासक भनि यादवलेनै सहि गरेर पत्राचार समेत गरेका थिए। तर, बैठकमा यादवको स्थानमा साह सहभागी भएका थिए।
 
साहले भने,' नियम कानुन मिचेर उनले कार्यालयको लेटरप्याड प्रयोग गरेका हुन्, हामीले चाह्यो भने मानहानीको मुद्दा समेत लगाउन सक्छौं।' साहका अनुसार यादवलाई जनस्वास्थ्य कार्यालय मातहतको प्रादेशिक कार्यालय स्थापनाका लागि धनुषा सरुवा गरिएको हो। 

उनी जिल्ला जनस्वास्थ्यका कर्मचारी नभई प्रादेशिक कार्यालयको कर्मचारी भएको हुनाले उनले यहाँको हाजिरी रजिष्टरमा हाजिर समेत गर्न पाउने अधिकार नरहेको साहको भनाई छ। उनी भन्छन्, 'यादवले आफ्नो अधिकार बुझ्नुपर्ने हो, उनको छुट्टै कार्यालयनै छ, हाम्रो कार्यालयमा उनले हस्तक्षेप गर्न मिल्दैन् र। सक्नुहुन्छ भने आफ्नो कार्यालय स्थापना गर्नुस् र बस्नुस्, साहले थपे।'

संघीय सरकारको क्याबिनेटको बैठकले यस पूर्व जिल्ला जनस्वास्थ्य कार्यालयलाई खारेज गरेर तीन जिल्ला राखि प्रादेशिक कार्यालय खोल्ने निर्णय गरेको थियो, साहले भने। जसअनुसार केही जिल्लामा कर्मचारी सरुवा पनि गरिए। यादव पनि सोही सरुवामा परेका मध्येका एक हुन्।

उनको जिम्मेवारी प्रादेशिक कार्यालय खोल्ने थियो तर, पुनः मंसीर ५ गते भएको क्याबिनेटको बैठकमा भएको सैद्धान्तिक सहमतिमा प्रादेशिक कार्यालय निर्माणको निर्णयलाई अस्वीकृत गरी ७७ औं जिल्लामा जनस्वास्थ्य कार्यालय साबिकको जस्तै यथावत राख्ने निर्णय गरियो। यस्तो अवस्थामा अब यादवले कसरी काम गर्ने भन्ने अन्यौलता आएको जनस्वास्थ्यका कर्मचारी बताउँछन्।जनस्वास्थ्य कार्यालय धनुषाअन्तर्गत हाल ३५ जना कर्मचारी कार्यरत रहेका छन्।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.