३०.२६ अंकले बढ्यो नेप्से
काठमाडौं : कारोबार सुरु भएदेखि उकालो लागेको नेप्से परिसूचक ३०.२६ अंकले बढेको छ। बुधबार नेप्से परिसूचक बढेर १२१६.२७ अंकमा पुगेको हो। सबै समूहको परिसूचक दोहोरो अंकले बढेपछि परिसूचकमा पनि सुधार देखिएको हो। समग्रमा बुधबारको बजार अघिल्लो दिनको तुलनामा २.५५ प्रतिशतले बढेको छ।
बुधबारको सेयर बजारलाई जीवन र निर्जीवन बीमा दुबै समूहले बढाएको छ। दुबै समूहको सूचक एकाएक त्रिपल अंकले बढेको छ। सो दिन जीवन बिमा कम्पनीको नेप्से परिसूचक ४४३.५ अंकले बढेको छ भने निर्जीवन बिमा कम्पनीको परिसूचक २४५.०६ अंकले बढेको छ। कारोबारमा आएका कुल ११ समूहमध्ये फाइनान्स बाहेक बाँकी समूहको सूचक दोहोरो अंकले उकालो लागेको छ।
पुँजी बजारको अध्ययन गर्न बनेको उच्च स्तरीय समितिले सुझाव दिएपछि बुधबार लगानीकर्ता हौसिएका छन्। बुधबार करिब ७९ करोड रुपैयाँको सेयर किनबेचसमेत भएको छ भने सो कारोबारबाट १४ खर्ब ५३ अर्बको बजार पुँजीकरण भएको छ।