बलात्कार र हत्याका घटनाको ग्राफ घटेको छ : प्रचण्ड

बलात्कार र हत्याका घटनाको ग्राफ घटेको छ : प्रचण्ड

काठमाडाैं : नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्मला पन्त प्रकरणपछि हिंसाका घटनामा सरकार तदारुकताका साथ अघि बढेको आफूले महसुस गरेको बताएका छन्।

विधेयक अधिवेशनको पहिलो दिन प्रतिनिधिसभालाई सम्बोधन गर्दै प्रचण्डले बलात्कार र हत्याका घटनाको ग्राफ पनि घटेको दावी गरे। ‘निर्मला पन्तको घटना अमानवीय घटना हो। पछिल्लो घटना हेर्दा सरकार तुरुन्त अनुसन्धान गर्न कारबाही गर्न सरकार तत्परता प्रहरी सरकार हामी सबैमा देखियो। यो घटना बिस्तारै ग्राफ तल जाँदै गरेको देखिन्छ,’ उनले भने ।

यस्तै प्रचण्डले सरकारको गति र उद्देश्यको प्रसंग कोट्याउँदै उनले आफूहरु सही दिशामा रहेको बताएका छन् । साथै शान्ति प्रक्रिया लगायत विषयले अन्तर्राष्ट्रिय रुपमा नेपालको इज्जत र प्रसंसा भएको उनको दावी थियो ।

यद्यपि उनले सरकार र आफ्नो पार्टीका कामलाई लक्षित गर्दै केही कमजोरी रहेको स्वीकार गरेका छन् । नयाँ व्यवस्थामा आउँदा केही अप्ठ्यारो र कमजोरी रहेको उनले बताएका हुन् । संसदमा उपस्थित सांसदलाई सम्बोधन गर्दै सृजनात्मक र रचनात्मक टिप्पणी गरी जिम्मेवार बन्न आग्रह पनि गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.