दिगम्बर झाले दिए राजीनामा

दिगम्बर झाले दिए राजीनामा

काठमाडौं : नेपाल दूरसंचारका प्राधिकरणका अध्यक्ष दिगम्बर झाले राजीनामा दिएका छन् । सरकारले हटाएपछि पुनः नियुक्त भएका झाले बुधबार राजीनामा दिएका हुन् । 

बुधबार बसेको नेकपा संसदीय दलको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले झाले पदबाट राजीनामा दिएको जानकारी गराएको नेतृ रामकुमारी झाँक्रीले अन्नपूर्णलाई जनकारी दिइन् । 

अध्यक्ष बनेका झा गत असारमा ओली सरकारले नै प्राधिकरणबाट हटाइएका व्यक्ति हुन् । उनलाई असार २० गतेको मन्त्रिपरिषद्को बैठकले प्राधिकरणबाट हटाएको थियो । 

त्यसपछि झा सरकारको निर्णयविरुद्ध सर्वोच्चमा पनि पुगेका थिए । तर उनले सर्वोच्चमा दर्ता गरेको रिट आश्चर्यजनकरुपमा फिर्ता लिएका थिए । 

भदौ २१ गते सरकारले प्राधिकरणको अध्यक्षमा झालाई पुन नियुक्त गरेको थियो । मन्त्रिपरिषद्को बैठकले आगामी चार वर्षका लागि झालाई प्राधिकरणको अध्यक्ष बनाए पनि उनले चार महिनामै राजीनामा दिएका हुन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.