अतिरिक्त हुलाक कर्मचारीको चेतावनी : निजामति सरह सुविधा नपाए आन्दोलनमा उत्रिन्छौँ

अतिरिक्त हुलाक कर्मचारीको चेतावनी : निजामति सरह सुविधा नपाए आन्दोलनमा उत्रिन्छौँ

काठमाडौं : अतिरिक्त हुलाक कर्मचारी केन्द्रीय संघर्ष समितिका अगुवा कर्मचारीहरुले आफूलाई निजामतिकरण नगरिए कडा आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।

बुधबार काठमाडौंमा केन्द्रीय संघर्ष समितिले पत्रकार सम्मेलन गरेर अतिरिक्ति हुलाक सेवामा रहेर काम गरिरहेका कर्मचारीहरुलाई उचित पारिश्रमिक तथा निजामतिकरण नगरिए आन्दोलनमा उत्रिने चेतावनी दिएका हुन् ।

संघर्ष समितिका अध्यक्ष महेशलाल माझीले रिपोर्टर्स क्ल्वमा आयोजित कार्यक्रममा बोल्दै हुलाक नियमावली ऐन–२०३४ खारेजीको माग गरेका छन् । संघर्ष समितिका सदस्य हिक्मत घर्तीले निजामति कर्मचारी ऐनभित्र आफूहरुलाई अटाउनुपर्नेमा जोड दिएका छन् । उनले भने, ‘हामीले जीवनका महत्वपूर्ण समय यस सेवामा समर्पित गर्यौँ । आज सरकारले हामीलाई सौतेनी व्यहार गरिरहेको छ ।’

संघर्ष समितिका पदाधिकारीहरुले आफ्ना जायज मागहरु पूरा गर्न सरकारले आलटाल गरिरहेको भन्दै माग पूरा नभए आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । आन्दोलन रहर नभएर बाध्यता भएको भन्दै उनीहरुले अवकासपछि रित्तो हात फर्किनुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने पनि बताए ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.