निर्मलाको हत्यारा खोज्न सरकारले चाहेकै छैन : प्रकाण्ड

निर्मलाको हत्यारा खोज्न सरकारले चाहेकै छैन : प्रकाण्ड

धनगढी : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको कम्युनिष्ट पार्टीका प्रवक्ता खड्कप्रसाद विश्वकर्मा ‘प्रकाण्ड’ ले निर्मला पन्तका हत्यारालाई सरकारले खोज्न नचाहेको बताएका छन् ।

चिनियाँ कम्युनिष्ट नेता माओ त्सेतुङको १२५ औं जन्मदिनको अवसरमा बुधबार धनगढीमा भएको कार्यक्रममा बोल्दै प्रकाण्डले यस्तो बताएका हुन् । जनप्रर्दशन सभालाई सम्बोधन गर्दै नेता प्रकाण्डले सरकारले हत्यारालाई खोज्न चाहेमा हप्ता दिनभित्रै खोज्नसक्ने दावी गरे ।

‘दिनदहाडै बालिकाहरु बलात्कृत भएका छन्’, उनले भने, ‘बलात्कारीहरुलाई सरकारले नै संरक्षणमा राख्ने गरेको छ । अनि कहाँबाट निर्मलाको हत्यारा पत्ता लाग्छ ।’

मुलुकमा धेरै आन्दोलन भए पनि तिनले निकास नपाउँदा जनतालाई धोका भएको भन्दै प्रकाण्डले आक्रोश व्यक्त गरे । साथै दलाल र पुँजिपतिको हातमा मुलुक फसेको उनको गुनासो छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.