‘बधाइपत्र’बारे परराष्ट्रले २ वाक्यमै माफी माग्यो
काठमाडौं : इन्डोनेशियाको सुनामीमा भएको क्षतिबारे ‘बधाई’दिँदै परराष्ट्र मन्त्रालयबाट सार्वजनिक भएको पत्रबारे माफी माग्दै मन्त्रालयले अर्को विज्ञप्ति जारी गरेको छ ।
यसअघि बुधबार बिहान इन्डोनेशियामा भएको क्षतिबारे समवेदना दिनुपर्नेमा परराष्ट्र मन्त्रालयले इन्डोनेशियाका राष्ट्रपतिलाई ‘बधाइ’ भन्दै विज्ञप्ति जारी गरेको थियो ।