दुई कोरियाबीच यातायात सञ्जाल निर्माण सुरु
सोल : दक्षिण कोरिया र उत्तर कोरियाको सीमाक्षेत्रका इलाकामा आधुनिक रेलमार्ग र सडकले जोड्न शुरु गरिएको एक अभूतपूर्व समारोह बुधबार सम्पन्न भएको छ। उक्त समारोह दक्षिण कोरियाको सीमा शहर केइसोङमा रहेको पानमुन स्टेशनबाट शुरु भएको छ।
यस समारोहमा दक्षिण र उत्तर कोरिया गरी एक एक सय व्यक्तिको सहभागी रहेको दक्षिण कोरियाली एकीकरण मन्त्रालयले जानकारी दिएको छ। यस समारोह स्थानीय समयानुसार बुधबार बिहान १० बजे शुरु भएको थियो। गत सेप्टेम्बरमा दक्षिण कोरियाका राष्ट्रपति मुन जे–इन र उत्तर कोरियाली उच्च नेता किम जोङ–उनबीच प्योङयाङमा सम्पन्न शिखर सम्मेलनका क्रममा भएको सम्झौताअनुसार नै यो कार्य सम्पन्न भएको बताइएको छ। उक्त सम्मेलनमा यै वर्षको अन्त्यसम्म कोरियाली प्रायद्वीपको सीमा क्षेत्रमा रेलमार्ग र सडक मार्ग बनाइने सम्झौता भएको थियो। गत अप्रिलमा मुन र किमबीच भएको पहिलो सम्मेलनमा आधुनिक र पूर्वी र पश्चिम कोरियाली प्रायद्वीपमा आधुनिक रेलमार्ग र सडकमार्ग जोडिने सम्झौता भएको थियो। दक्षिण कोरियाली भूमिसुधार मन्त्री, आधारभूत संरचना मन्त्री किम ह्युन मी, यातायात मन्त्री किम युन ह्योक र उत्तर कोरियाका उप रेलवे मन्त्री उक्त समारोहमा सहभागी थिए। त्यसैगरी दक्षिण कोरियाका तर्फबाट अन्य उच्चस्तरीय सरकारी अधिकारीहरूको पनि सहभागिता रहेको थियो। कार्यक्रममा सन् १९५० बाट १९५३ सम्मको कोरियाली युद्धताका छुट्टिएका पाँच सर्वसाधारणलाई दक्षिण कोरियाका तर्फबाट निमन्त्रणा गरिएको थियो।
उत्तर कोरियाका तर्फबाट शान्ति र पुनः एकीकरण जन्मभूमि कमिटीका अध्यक्ष रि सन–ग्वोन र अन्य चार उच्चस्तरीय सरकारी अधिकारीको सहभागिता रहेको थियो। दक्षिण कोरियाको राजधानी सोलको सोल रेलवे स्टेशनबाट दक्षिण कोरियाली १०० सहभागीलाई नौवटा कार र रेलमा कोरियाली प्रायद्वीपमा सीमाक्षेत्र डोरासनमा लगिएको थियो। - सिन्ह्वा