इन्डोनेशिया सुनामी : विरामीले भरिए शिविर

इन्डोनेशिया सुनामी : विरामीले भरिए शिविर

कारिता : सुनामीले प्रभावित इन्डोनेशियाली अस्थायी शिविर विरामीले भरिएका छन्। अधिकारीका अनुसार शिविरमा विस्थापित भएका नागरिकका कारण शिविरमा भोकमरी र रोग फैलिएको छ। शिविरमा आश्रितको अवस्था दैनिक दयनीय बन्दै गएको छ। खाद्यान्न आपूर्ति हुन नसक्दा शिविरमा भोकमरी बढेको छ। घाइते र विरामीका कारण महामारीको प्रकोप फैलन सक्ने खतरा देखिएको छ। मंगलवार दिउँसो केही खाद्यान्न आइपुगे पनि उद्धारकर्मीले स्वच्छ पानी र औषधिको अभाव भएको बताएका छन्। यि शिविरमा पीडित आउने क्रम रोकिएको छैन।

गत शनिवार राति भएको ज्वालामुखी विस्फोट र त्यसपछिको सुनामीबाट ज्यान गुमाउने व्यक्तिको संख्या ४२९ पुगेको छ। १ हजार ४६५ जना घाइते भएको सुरक्षाकर्मीले बताएका छन्। १५४ भन्दा बढी व्यक्ति बेपत्ता भएका छन्। हजारौं घर ध्वस्त भएका छन्। उद्धारकार्यमा खटिएका चिकित्सक रिजाल अलीमिनले भने, ‘ज्वरो, टाउको दुख्ने समस्याले बालबालिका पीडित छन्। उनीहरूलाई पिउने पानी दिन सकेका छैनौं।’ उनले स्वास्थ्यकर्मीसँग भएको औषधि पनि सकिएको जानकारी दिए।

शिविरहरूमा स्वस्थ वातावरण नभएको उद्धारकर्मीले बताएका छन्। पीडितहरू खाली भुइँमा सुत्न बाध्य भएको उनीहरूको भनाइ छ। फेरि सुनामी आउने त्रासले पीडितहरू घर जान मानेका छैनन्। सुनामीका कारण दक्षिणी सुमात्रा र पश्चिमी जाभा द्वीपका तटीय क्षेत्रमा रहेका हजारौँ भवन ध्वस्त भएको इन्डोनेशियाको प्रकोप व्यवस्थापन विभागका प्रवक्ता सुटोपो पुर्वो नुग्राहोले बताए। खोज तथा उद्धारको कार्य अझै जारी रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने उनको कथन छ। इन्डोनेशियामा ज्वालामुखी विस्फोट र भूकम्पको उच्च जोखिम रहने गरेको छ।

उद्धार जारी

निकै जोखिमपूर्ण अवस्थामा रहेका दुर्गम क्षेत्रका स्थानीय बासिन्दालाई प्रहरीले उद्धार गरी सुरक्षित स्थानमा लैजाने क्रम जारी रहेको प्रहरीले जनाएको छ। अविरल वर्षाका कारण खोज तथा उद्धारमा थप समस्या उत्पन्न भएको उद्धारकर्मीले जानकारी दिएका छन्। उनीहरूका अनुसार वर्षाका कारण उद्धारमा प्रयोग हुने मार्ग जलमग्न भएका छन् भने नदीको सतह निकै बढेको छ। प्राकृतिक प्रकोपका कारण अरू कैयौँ मानिस बेपत्ता छन्।

‘हामीले ती जोखिमपूर्ण अवस्थामा रहेका बस्तीका मानिसलाई उद्धार गरेर सुरक्षित स्थलतर्फ लैजाने क्रम जारी राखेका छौं। अविरल वर्षाका कारण अवस्था निकै नाजुक बनेको छ जसका कारण ठूलो संख्यामा मानिसहरू जोखिमपूर्ण अवस्थामा भौँतारिइरहनुपरेको छ’, एक उद्धार अधिकारीले ट्विट गरेका छन्।

यस प्रकोपमा १ हजार ४८५ जना घाइते हुनुका साथै १५४ जना अझै बेपत्ता रहेका इन्डोनेशियाको प्रकोप व्यवस्थापन विभागका प्रवक्ता सुटोपो पुर्वो नुग्राहोले बुधबार जानकारी दिएका छन्। ज्वालामुखी विस्फोटपछि आएको सामुद्रिक छालका कारण ठूलो जनधनको क्षति भएको छ। खोज तथा उद्धार कार्य जारी भए पनि निकै कठिनाइपूर्ण भएको बताइएको छ। मृतकको संख्या अझै बढ्न सक्ने सुटोपोले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.