गर्मी होस् या जाडो सधैं एसी
प्युरिफायर फिल्टरसहितको एयरकन्डिसनरले स्वास्थ्यलाई फाइदा गर्ने विज्ञको भनाइ छ।
जलवायु परिवर्तन मानिसको प्रमुख चुनौतीका रूपमा खडा भएको छ। केही वर्षदेखि जाडोमा अधिक चिसो र गर्मीमा अति तातो भइरहेको छ। यसले मानिसको दैनिकीमा प्रभाव पारेको छ। यस्तो बिकराल समस्याबाट मानवलाई जोगाउन वैज्ञानिक अनुसन्धानमा छन्।
वैज्ञानिकले जलवायु परिवर्तनसँग जुध्ने प्रविधिको विकास गर्न केही समय लिनेछन्। पछिल्लो समय तातो मौसममा चिसोपना र कठांग्रिने जाडोयाममा न्यानोपनाको अनुभूति दिलाउने एयर कन्डिसनर (एसी) ले पनि ठूलो भूमिका खेल्दै गएको छ। यसलाई वातानुकूलित उपकरण भनेर पनि चिन्ने गरिन्छ। नेपालमा पनि यसको प्रयोग हुन थालसिकेको छ।
नेपाली समाजमा पनि यसले आफ्नो स्थान फराकिलो बनाउनुका साथै क्रमिक रूपमा उपभोगदर बढाउँदै गएको छ। खास गरी राजधानीमा रहेका ठूलाठूला कर्पोरेट हाउस, होटेल तथा लज, रेस्टुराँ, सरकारी उच्च पदस्थ अधिकारी, उद्योग तथा कलकारखाना, निजी क्षेत्रका कार्यालय, चलचित्र घर, कलेज तथा क्याम्पस भने एसीको प्रयोग बढ्दो छ।
हिमस्टार इलेक्ट्रिोनिक्सको मार्केटिङ म्यानेजर चन्द्रमणि आचार्य नेपालमा एसीको प्रयोग हुन थालेको चार दशकभन्दा धेरै समय भएको बताउँछन्। त्यसमा व्यापारिक घरनाभन्दा पनि युरोप, अमेरिका गएकाले व्यक्तिगत प्रयोगजनलाई भित्त्याउने गथ्र्ये। ‘उच्च धनाढ्य मानिसको सानका रूपमा एसी हुन्थ्यो’, आर्चायले भने, ‘सौखका लागि एसीको प्रयोग हुन्थ्यो।’ त्यस समय विन्डो एसी प्रयोगमा हुन्थ्यो। हाल त्यस प्रकारको एसी नेपालमा बिक्रीवितरण हुन छाडिसकेको छ। भ्यालमा राखिने भएकाले विन्डो एसी भनिएको हो। यसको हावा फ्याक्ने भाग कोठातर्फ फर्किएको र तान्ने भाग बाहिरतर्फ हुन्थ्यो।
दुई दशकदेखि नेपाली कम्पनीले विदेशबाट एसी आयात गरेर बिक्रीवितरण गरिरहेका छन्। जाडोमा न्यानो बनाउने र गर्मीमा शितलता प्रदान गर्ने खुवी भएको यो उपकरण पछिल्लो एक दशकदेखि विस्तारै उच्च मध्यम वर्गको शान पनि बन्न थालेको छ। सुरुआत ताका उच्च र धनाढ्य परिवारले अत्याधिक रुचाउने एसी अहिले विस्तारै सम्भ्रान्त र मध्यम वर्गीय परिवारले पनि रुचाउन थालेका छन्। हिमस्टार एयरकन्डिसनर कुल बजार हिस्सामध्ये करिब २२ प्रतिशत ओगटेको उनको भनाइ छ। उनका अनुसार राजधानीसहित अन्य सहरमा निर्माणको क्रममा रहेका र निर्माण भएका ठूलाठूला अपार्टमेन्ट र हाउजिङमा पनि पछिल्लो समयमा एयर कन्डिसनरको माग बढेको छ।
किई कन्सेप्स प्रालिले सन् २०१० देखि चीनमा उत्पादित ग्रिई एसीको बिक्री वितरण गरिरहेको छ। कम्पनीका बजार प्रबन्धक मुकेश महर्जनका अनुसार वार्षिक २० प्रतिशतको हाराहारीमा एसीको व्यापार वृद्धि भइरहेको छ। नेपालमा विशेषगरी डीसी इन्भटर, भीआरएफ स्टिम, चिलर, कोल्ज कन्ट्रोल स्टिम, प्याकेज युनिट, मोडुलर अपरेसन थ्रेटरलगायत एसीको माग उच्च भएको उनी बताउँछन्।
एसी दुई प्रयोजनमा प्रयोग हुन्छन्। व्यावसायिक र आवासिय। भेरिएवल रेफ्रिगेरेन फ्लो (भीआरए) प्रविधिको एसी व्यावसायिक र स्पिल्ट आवासियमा प्रयोग गरिन्छ। स्पिल्टमा सिलिङ क्यासेट, वाल माउन्टेन्ट, फ्लोर स्टयाडिङ, विन्डोलगायत एसी हुन्छ।
प्यानोसोनिकले टीकेवाई मोडलको एसी मात्रै बिक्रीवितरण गर्दै आएको छ। पानासोनीक ब्रान्ड म्यानेजर पशुपति चौधरीका अनुसार यो नन् इन्भटर र इन्भर दुवैमा छ। ग्राहकको आवश्यकताअनुसार एक, साढे एक र दुई टन क्षमतामा उपलब्ध भएको उनी बताउँछन्। बजारमा अहिले वातावरणमैत्री र कम विद्युत् शक्ति खपत गर्ने एयर कन्डिसनर पनि भित्रन थालेको छ। आमउपभोक्ताले उपभोगको आधारमा बजारबाट ४० हजारदेखि दुई लाख मूल्यसम्मको एयर कन्डिसनर किन्न पाउँछन्। नन् इन्भटरको तुलनामा इन्भटर भएको एसीले ५० देखि ६० प्रतिशतसम्म विद्युत् बचत गर्ने उनको दाबी छ। ‘सामान्य एक टनको एसीले हजार वाट विद्युत खपत गर्छ’, चौधरीले भने, ‘इन्भटर जडान गरिएको एसीले पाँचदेखि चार सयवाट विद्युत् तान्छ।’
बढ्दो धुँवा र धूलोबाट बच्नका लागि एसी निकै उपयोगी हुने व्यवसायी बताउँछन्। एयर प्युरिफायर फिल्टर भएका एसी बजारमा उपलब्ध छ। यसको फिल्टरमा चियापत्तीको दाना राखिएको हुन्छ। चियापत्तीले साढे दुई पीएमसम्मको धुवा तथा धूलोको कणलाई स्वच्छपार्ने क्षमता राख्छ। प्युरिफायर फिल्टरसहितको एयरकन्डिसनरले स्वास्थ्यलाई पनि फाइदा गर्ने विज्ञको भनाइ छ। यसले विशेषगरी बच्चाका लागि सुहाउँदो वातावरण बनाइदिन्छ। जसले गर्दा नेपाली उपभोक्ताले यस प्रकारको सुविधा भएको एयरकन्डिसनरको खोजी गर्न थालेका छन्।
नेपाली बजारमा हाइसेन्स, एलजी, सीजी, टीसीएल, गोदरेज, ग्रि, स्काइवर्थ, वल्र्डपुल, हिमस्टार, कलर, हिटाची, हिमाल, ड्याकिन, पानासोनिक, यासुडा, मित्सुविसि, टेक्सला, सामसुङ, विको, ब्लुस्टार, मिडिया, भोल्टाजलगायत ब्रान्डेड कम्पनीबाट उत्पादित एयर कन्डिसनरले ठूलो बजार ओगटेको छ।
पानोसोनिकका चौधरीका अनुसार पाँच प्रतिशत बजार हिस्सा मात्र एसीले ओगटेको छ। ‘वार्षिक एसीको माग बढिरहेको छ। सरदर २० देखि २५ प्रतिशतले बजार बढिरहेको छ।’ उनका नेपालमा ९० प्रतिशत तातो तथा चिसो हुने एसीको प्रयोग छ। तराईका केही स्थानमा भने चिसो एसी प्रयोग हुन्छ। भरतमा भने यसको ठीक उल्टो बजार रहेको उनी बताउँछन्। त्यहाँ चिसो बनाउने एसीको अधिकतम प्रयोग छ।
सीजी इलेक्ट्रिोनिक्सले एलजी, सीजी, टीएलसीलगायत एसी बिक्रीवितरण गर्दै आएको छ। कम्पनीका जेनरल म्यानेजर सञ्जय राजभण्डारीका अनुसार पछिल्लो समय विद्युत्को सहज उपलब्धताले पनि एसीको बजार बढ्न मद्दत गरेको छ। ‘लोडसेडिङको अन्त्यसँगै एसीको बजार विस्तारै हुँदै गएको छ,’ राजभण्डारी भन्छन्, ‘पछिल्लो समयमा तराईका मध्यमवर्गीय र सम्भ्रान्त परिबारले यो उपकरणको प्रयोगप्रति रुचि बढाउँदै गएपछि थप बजार विस्तार हुन थालेको छ।’
चीनको ब्रान्डेड कम्पनी हाइसेन्सद्वारा उत्पादित एयर कन्डिसनर आयात गरी सन् २०१२ देखि नेपालमा बिक्रीवितरण गर्दै आएका छ। कम्पनीसँग वाल र सिलिङ क्यासेट एसी छ। बढी हुने गर्मी र अत्यधिक हुने चिसोबाट जोगिन पनि एयर कन्डिसनरतर्फ आम उपभोक्ताको आकर्षण बढ्दो छ। यसको ठूलो उपभोगक्ता अहिलेको विकसित समाजमा कर्पोरेट हाउसलाई मानिन्छ। ‘कर्पोरेट हाउसमा कामदारबाट उच्चतम कार्य सम्पादनका लागि पनि यसको प्रयोग बढ्दै गएको छ’, हाइसेन्सका मार्केटिङ म्यानेजर श्याम कटुवालले भने, ‘आवास र उच्च आयस्रोत भएका पनि एसी खरिद गर्न थालेका छन्।’
एसी विलासिताको वस्तु नभएर आवश्यकता भइसकेको ग्रिका मार्केटिङ म्यानेजर मुकेश महर्जन बताउँछन्। ‘जलवायु परिवर्तन पनि एसीको माग बढ्नुको प्रमुख कारण हो। गर्मीमा अत्यधिक गर्मी र चिसोमा अधिक जाडो हुने गरेको छ’, महर्जनले भने, ‘यसबाट बच्न एसीको प्रयोग गर्नेको संख्या बढिरहेको छ।’ काठमाडौं र सहरी क्षेत्रमा एसीको माग उच्च छ। राजधानीबाहेक यसको खपत विराटनगर, बुटवल, वीरगन्ज, चितवन, नारायणघाट, नेपालगन्ज, भैरहवा, जनकपुर, झापा, भद्रपुर, हेटौंडा, पोखरालगायत सहरमा पनि यो उपकरणको प्रयोगदर बढ्दै गएको छ। एउटा एक टनको एसीले सामान्तय एक सय ५० स्वकार फिटदेखि एक सय ७५ स्वाकर फिटसम्मको कोठालाई वातानकूलित बनाउँछ।
यसरी छानौं एसी
एसी खरिद गर्दा जहिले पनि त्यसको आकार र क्षमतामा विचारमा पुर्याउनुपर्ने हुन्छ। जडान पूर्वएयर कन्डिसनरको सही आकार र क्षमतासम्बन्धी जानकारीले विशेष भूमिका खेल्छ। यही टनको आधारले विद्युत् शक्ति खपतदर निर्धारण गर्दछ। कोठामा जडान हुने एयर कन्डिसनरको टनले कोठाको तापक्रम प्रभाव पार्ने हुन्छ। कोठाको तापक्रमका आधारमा एयर कन्डिसनरको टनको क्षमता निर्धारत गर्नुपर्छ। कोठाको आकार महत्त्वपूर्ण पाटो मानिन्छ एयर कन्डिसनरका लागि।
जहिले पनि कोठामा हुने हावाको मात्रालाई आधार बनाएर एयर कन्डिसनर खरिद गर्नुपर्छ। यही हावालाई एयर कन्डिसनरको सहयोगमा चिसो बनाउने काम हुन्छ। कोठामा बस्ने व्यक्तिको संख्याका आधारमा पनि एसीको टन निर्धारण गर्नुपर्छ। कोठामा बस्ने हरेक व्यक्तिले न्यानोपना उत्सर्जन गर्ने गर्छन। एसीले यस्तो न्यानोपनालाई पनि चिसोपना बनाउने काम गर्छ। कोठामा भएको हरेक प्रकारका सामानले पनि एयर कन्डिसनरको टनलाई निर्धारण गर्छ।
कोठामा राखिएका हरेक सामान एसीको सहयोगमा चिसो हुनाले कोठामा जति थोरै सामान हुन्छ विद्यत् शक्ति पनि त्यति कम खर्च हुन्छ। कोठामा हुने धेरै ठूलाठूला झ्यालले बाहिरको न्यानोपनालाई ठूलो परिमाणमा कोठाभित्र भित्त्याउने भएकाले यसरी भित्रिने न्यानोसहितको हावालाई चिसोपना बनाउन धेरै विद्युत् शक्ति खर्चिने हुन्छ। यसका लागि एयर कन्डिसनर जडान गर्ने कोठामा सानो र कम संख्यामा झ्याल भएको उत्तम हुन्छ।
यसबाहेक एसी उत्पादन गर्ने कम्पनीको नाम, बजारमा प्रचलित मूल्यको अवस्था, विद्युत् खपत गर्ने अवस्था, सहज रूपमा पार्टपुर्जाको उपलब्धता, सर्विसिङको सुनिश्चिततामा पनि विशेष ध्यान पुर्याउनुपर्ने हुन्छ। यसका साथै एयर कन्डिसनर उल्लेख हुने स्टार चिन्हमाथि पनि विशेष ध्यान पुर्याउनुपर्ने हुन्छ। एयर कन्डिसनरमा उल्लेख हुने यस्तो स्टारको चिन्हले मूल्यलाई पनि प्रभावित गर्छ। जति बढी स्टारको चिह्न हुन्छ, त्यसले विद्युत्को खतप कम गर्छ।