पहिलो हाफमा संकटाविरुद्ध मनाङको अग्रता
काठमाडौं : पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा बिहीबार मनाङ मस्र्याङ्दी क्लब र संकटा क्लबबीचको खेल जारी छ।
पहिलो हाफको खेल सकिँदासम्म मनाङले १—० गोलको अग्रता लिएको छ। यो खेल जितेमा मनाङले दुई खेलअगावै उपाधिमाथि कब्जा जमाउने छ।
संकटाविरुद्घको खेल जितेमा मनाङको ३३ अंक पुग्ने छ। मनाङको निकट्तम प्रतिद्वन्द्वी संकटाको भने २५ अंकमात्र हुनेछ। त्यसपछि जारी सिजनको लिगमा यी दुबै टोलीले दुई÷दुई खेलमात्र खेल्न बाँकी रहने छ। बाँकी दुबै खेलमा मनाङ पराजित र संकटा विजयी भए पनि मनाङको उपाधि यात्रामा कुनै फरक पर्ने छैन।
बाँकी दुबै खेलमा पराजित भए मनाङको ३३ र बाँकी दुबै खेलमा विजयी भए संकटाको ३१ अंकमात्र हुनेछ।
जारी संकटाविरुद्घको खेलमा जित हात पार्न सके मनाङले उपाधि जित्ने पक्का हुनेछ। यसअघिका १० खेलमा मनाङले जितको नतिजा निकालेको छ।