सरकारले यातायात प्राधिकरण बनाउने
काठमाडौं : सरकारले शक्तिशाली यातायात प्राधिकरण निर्माण गर्ने भएको छ। मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले यातायात प्राधिकरण निर्माण गर्ने निर्णय गरेको हो। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले एउटा मात्र विभागले ३२ लाख सवारी नियन्त्रण गर्न नसक्ने भन्दै सरकारले प्राधिकरण निर्माण गर्ने अवधारणा ल्याएको हो।
सरकारले प्राधिकरणमार्फत तीन सयवटा विद्युतीय बस सञ्चालन गर्ने तयारी गरेको छ। प्राधिकरणले देशैभरी यातायात व्यवस्थापन गर्ने गरी मन्त्रालयको अवधारणपत्र स्वीकृत गरेको छ।अब यातायात व्यवस्था विभाग खारेज गरी अधिकार सम्पन्न प्राधिकरणमा स्थापना गर्न बाटो खुलेको छ।