‘सपथ खान पाउँ’ भन्दै दीपक मनाङेले दिए निवेदन

‘सपथ खान पाउँ’ भन्दै दीपक मनाङेले दिए निवेदन

पोखरा : अदालतको फैसलापछि रिहा भएका दीपक मनाङे भनिने राजीव गुरुङले गण्डकी प्रदेशको प्रदेशसभा सदस्यको सपथ खान पाउँ भन्दै बिहीबार निवेदन दिएका छन् ।

मनाङ जिल्ला ‘ख’ बाट प्रदेशसभा सदस्यमा निर्वाचित गुरुङ थुनामुक्त भएको एक साता नबित्दै निवेदन दिएका हुन् । बिहीबार मध्यान्ह सेतो स्कारपियोमा गण्डकी प्रदेशको संसद सचिवालय प्रांगणमा पुगेका उनले आफ्नो प्रतिनिधि मार्फत प्रदेशसभाको सपथ खान पाउँ भन्दै निवेदन दिएका हुन् ।

गुरुङले दिएको निवेदन १८६ नम्बरमा दर्ता भएको छ । गण्डकी प्रदेशको संसद सचिवालयले भने यसको बारेमा सूचना दिन मानेको छैन । मनाङेले दिएकाे निवेदनमा प्रदेशसभा सदस्रयकाे हैसियतमा सपथ खान पाउनु कानुन सम्मत भएकाे व्यहाेरा छ ।

सपथका लागि निवेदन दिए पनि उनीविरुद्धको मुद्दाको फैसला नभइसकेकोले छिटै उनले सपथ लिन भने नपाउने बुझिएको छ । गुरुङ तत्कालिन नेकपा एमालेबाट मनाङ जिल्लाको ‘ख’ बाट निर्वाचित प्रदेश सभा सदस्यको सपथ लिन नपाइ पक्राउ परेका थिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.