६ महिनाभित्रै महाधिवेशन गर्न सिटौलाको आग्रह

६ महिनाभित्रै महाधिवेशन गर्न सिटौलाको आग्रह

काठमाडौं : कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले महासमिति भेलाबाट पारित विधान कार्यान्वयन गर्न छिटोभन्दा छिटो महाधिवेशनमा जानुपर्नेमा जोड दिएका छन्। बिहीबार काठमाडौंमा सञ्चारकर्मीसँगको कुराकानीमा उनले संविधानअनुसार पार्टीका सबै निकाय गठन गर्नुपर्ने र विधानले समेत बाटो खुला गरेकाले त्यसमा ढिलाइ गर्न नहुने जिकिर गरे।

‘मेरो विचारमा त अबको ६ महिनाभित्रै महाधिवेशन गरे पनि हुन्छ’, उनले भने, ‘यदि त्यो नभए चैत मसान्तभित्र सर्वसम्मत तरिकाबाट विधानले भनेअनुसार संक्रमणकालीन व्यवस्थाअनुसार प्रदेश, क्षेत्र र स्थानीय तह हामीले निर्माण गर्नु पर्छ।’ उनले पार्टीको संक्रमणकालीन व्यवस्थाअनुसार पार्टी संरचना बनाए पनि महाधिवेशनमा पार्टी जानैपर्ने देखिएको दाबी गरे।

पार्टीभित्र बेथिति रहे पनि महासमिति बैठकले पारित गरेको विधान अग्रगामी भएको दाबी गर्दै सिटौलाले कार्यान्वयनमा जोड दिए। उनले भने, ‘यसको सफल कार्यान्वयन नै पार्टी नेतृत्वको सफलता हो।’ महासमितिको अन्त्यमा शीर्ष नेताहरूले एकता सन्देश दिनु राम्रो भए पनि त्यसको दिगोपनामा उनले शंका गरे। ‘इमान्दारितापूर्वक सभापति र वरिष्ठ नेताबीच एकता भएको भए यत्ति साह्रै प्रचार गर्नुको कुनै तुक छैन’, उनले भने, ‘यदि उहाँहरूले भनेअनुसार लभमा पर्नु भएको छ भने कसैले लस्ट नगरोस् भन्ने मेरो कामना छ।’

पार्टीको गत महाधिवेशनमा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेलसँगै सभापतिमा उम्मेदवारी दिएका सिटौलाले त्यस बेलाको आफ्नो निष्कर्ष ठीक भएको दाबीसमेत गरे। ‘मैले देउवाजी र पौडेलजी दुवै जनामा नेतृत्व क्षमता नदेखेरै त्यति बेला अघि बढेको र त्यो समयक्रमसँगै पुष्टि हँुदै गएको समेत उनले बताए। पत्रकारहरूले १४ औं महाधिवेशनमा के गर्नुहुन्छ जिज्ञासा राख्दा उनले त्यसको जवाफ दिने समय आई नसकेको बताए। यसको जवाफ महाधिवेशन घोषणापश्चात मात्र दिने उनको भनाइ थियो।

महासमितिको अन्त्यमा शीर्ष नेताहरूले एकता सन्देश दिनु राम्रो भए पनि त्यसको दिगोपनामा सिटौलाले शंका गरे।

पछिल्लो समय सभापति देउवाविरुद्ध मोर्चाबन्दीमा पौडेल र कोइरालाहरू सँगै देखिएका सिटौला त्यसलाई अन्यथा विश्लेषण नगर्नसमेत आग्रह गरे। ‘अलिक अघि सुजाताजीको घर पुगेको थिएँ, फेसबुकमा फोटो आएपछि सबैले उता गयो भनेर सोचे’, उनले भने, ‘म त्यसकै भोलिपल्ट सभापतिकोमा पनि पुगें, उहाँले पनि त्यही सोध्नुभयो, तपार्इंहरू सबै एक हुनुभयो होइन ? मैले उहाँलाई सजिलो जवाफ दिएँ–अहिले तपाईंसँग बसिराखेको छु, फोटो खिचेर फेसबुकमा तपाईंले पनि हाल्दा हुन्छ।’

आफ्ना पक्षका नेता गगन थापा, उमाकान्त चौधरी, शिव हुमागाईंसहित उपस्थित सिटौलाले हाँस्दै भने, ‘अहिले म तपाईंहरूमाझ जसरी उपस्थित भएको छु, त्यसको अर्थ तपाईंहरू आफैं बुझ्नुस्।’ १३ औ महाधिवेशनमा सिटौला सभापतिमा उठ्दा उनका पक्षबाट थापाले महामन्त्री र चौधरीले कोषाध्यक्षमा उम्मेदवारी दिएका थिए। उनीसँगै थापा र चौधरी पनि पराजित भएका थिए।

मेलमिलाप दिवस मनाउन केन्द्रीय नेता जिल्ला जाने

बर्सेनि १६ पुसलाई मेलमिलाप दिवस मनाउँदै आएको कांग्रेसले यसपाली ७७ जिल्लामा नै दिवस भव्य मनाउने निर्णय गरेको छ। महासमितिको समापन समारोहमा सम्बोधन गर्ने क्रममा सभापति देउवाले महासमिति सदस्यलाई यस वर्षदेखि १६ पुसलाई विशेष रूपमा मनाउने निर्देशन दिए।

कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति निकाल्दै मेलमिलाप दिवस मनाउन सबै जिल्लामा केन्द्रीय प्रतिनिधि पठाइएको जानकारी दिएका छन्। केन्द्रीय प्रतिनिधिले तोकिएको जिल्लामा त्यहाँ आमसभा, विचार गोष्ठीदेखि कोणसभालगायत कार्यक्रम गर्न निर्देशन दिइएको छ। सभापति देउवा काठमाडौंको कार्यक्रममा सरिक हुने छन् भने वरिष्ठ नेता पौडेल गोरखा जाने जनाइएको छ।

उपसभापति विमलेन्द्र निधि सिरहा, महामन्त्री पूर्णबहादुर खड्का कास्की, सहमहामन्त्री डा.प्रकाशशरण महत मोरङ, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला झापा जानेलगायत तय भएको कांग्रेसले जनाएको छ। २०३३ पुस १६ मा विश्वेश्वरप्रसाद कोइराला र शीर्ष नेता गणेशमान सिंहसहित नेताहरू ८ वर्षको निर्वासन त्यागेर स्वदेश फर्केको दिनलाई कांग्रेसले बर्सेनि राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउँदै आएको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.