बालाजुमा टिपरको ठक्‍करबाट श्रीमानको मृत्यु, श्रीमती घाइते

बालाजुमा टिपरको ठक्‍करबाट श्रीमानको मृत्यु, श्रीमती घाइते

काठमाडौं : बालाजु बाइपासमा टिपरको ठक्‍करबाट एकजनाको मृत्यु भएको छ। शुक्रबार बिहान ६ बजेतिर मुड्खुभञ्ज्याङबाट एयरपोर्टतर्फ माटो बोकेर जाँदै गरेको ना७ख ७००५ नंको टिपरले ठक्कर दिँदा ५८ वर्षीय दलबहादुर विसङ्खेको मृत्यु भएको हो। 

महानगरीय ट्राफिक प्रहरी वृत्त नयाँ बसपार्कका प्रमुख जे जङ्ग कार्कीले माटो बोकेर हिँडेको टिपर भित्तामा पल्टिँदा चिया बेच्ने विसङ्खे र उनकी श्रीमतीलाई थिचेर घाइते बनाएको थियो। त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा विसङ्खेको मृत्यु भएको जानकारी दिए।

घाइते विसङ्खेकी श्रीमतिको सोही अस्पतालमा उपचार भइरहेको छ। ठक्कर दिने टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.