बिग बासमा सन्दीपको सनसनी

बिग बासमा सन्दीपको सनसनी

नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने अस्ट्रेलियाको चर्चित क्रिकेट लिग बिग बासमा सनसनी मच्चाइरहेका छन् । बिग बासमा सन्दीपले अस्ट्रेलियाको मेलबर्न स्टार्सबाट खेलिरहेका छन् । मेलबर्नले सन्दीपलाई सुरुका तीनै खेलमा खेल्ने अवसर दिएको छ ।  

तीनै खेलमा उनले आफूलाई उत्कृष्ट सावित गरिसकेका छन् । तीनै खेलमा पूरै चार ओभर बलिङ गर्न पाएका सन्दीपले ७ विकेट लिइसकेका छन् । सन्दीपले सिड्नी थन्डर्सविरुद्धको पहिलो खेलमै दुई विकेट लिएर तहल्का मच्चाएका थिए । डेब्यु खेलको पहिलो ओभरमै तीन रन खर्चिएर दुई विकेट झारेपछि सन्दीपले विश्व क्रिकेटको ध्यान आफूतर्फ ताने ।

होबार्ट हरिकेन्सविरुद्धको दोस्रो खेलमा फेरि तीन विकेट लिएपछि विश्वभर सन्दीपको चर्चा थप चुलिएको छ । पहिलो खेलमा विकेट लिएपनि महंगो बलिङ गरेका सन्दीपले दोस्रो खेलमा किफायती बलिङ गरे । चार ओभरमा २४ रन मात्रै खर्चिएका उनले ३ विकेट लिएर आफ्नो क्षमतालाई सावित गरे । 

 सिड्नी सिक्सर्सविरुद्धको मेलबर्न स्टार्सको तेस्रो खेलमा सन्दीपको प्रदर्शन झन सानदार रह्यो ।  ४ ओभर बलिङ गरेका उनले २ विकेट लिए भने जम्मा १८ रन खर्चिए । सिड्नी सिक्सर्सलाई १३० रनमा रोकी मेलबर्नले ५ विकेटको जित निकाल्ने क्रममा सन्दीपको किफयती प्रदर्शनले ठूलो योगदान  पुर्‍यायो। 

सन्दीपलाई मेलबर्नले कम्तीमा ६० हजार अमेरिकी डलर पारि श्रमिक पाउनेगरी टोलीमा अनुबन्ध गरेको हो । उनी बिग बास लिग खेल्ने एसोसिएट राष्ट्रकै पहिलो खेलाडी हुन् ।

बिग बासपछि सन्दीप उतैबाट बंगलादेश प्रिमियर लिग (बीपीएल) खेल्न बंगलादेश जानेछन् । बीपीएल जनवरी ५ देखि फेब्रुअरी ८ सम्म हुनेछ । बंगलादेशमा सन्दीपले सिल्लेट सिक्सरबाट खेल्नेछन् । सन्दीपलाई इन्डियन प्रिमियर लिग (आईपीएल) मा पनि दिल्ली क्यापिटलले रिटेन गरिसकेको छ । उनले आईपीएलको अघिल्लो सिजन दिल्लीबाट खेल्ने मौका पाएका थिए ।

काठमाडौंमा भर्खर सम्पन्न एभरेस्ट प्रिमियर लिग (ईपीएल) मा सुरुआती दुई खेलमात्र खेलेर सन्दीप अस्ट्रेलिया गएका हुन् । ईपीएलमा ललितपुर प्याट्रियट्सबाट खेलेका सन्दीपले दुई खेलमा पाँच विकेट लिएका थिए ।

पहिलो खेलमा विरानटगरसँग हारे पनि दुई विकेट लिएका सन्दीपले दोस्रो खेलमा चितवन टाइगर्सविरुद्ध तीन विकेट लिँदै टोलीलाई जिताएका थिए । सुरुआती खेलमा सन्दीपको साथ पाएको ललितपुर गत शनिबार मात्र ईपीएल च्याम्पियन नै बन्यो । 

सन्दीपलाई सन् २०१९ को इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटका लागि दिल्ली डेयरडेभिल्सले फेरि टोलीमा अनुबन्ध गरिसकेको छ । १८ वर्षीय सन्दीपलाई दिल्लीले दोस्रो पटक टोलीमा समावेश गरेको हो । दिल्लीले सन्दीपलाई दोस्रो पटक रेड कार्पेट बिछ्याए पनि उनले पाउने रकम भने खुलाइएको छैन । दिल्लीको टिम व्यवस्थापनले खेलाडीसँग रकम आपसी समझदारीमा तय गर्ने उल्लेख गरेको छ ।

यसअघि सन् २०१८ को आईपीएलको अक्सनमा दिल्लीले सन्दीपलाई २० लाख भारतीय रुपैयाँमा बोली लगाएको थियो । त्यतिबेला सन्दीपको न्यूनतम मूल्य पनि २० लाख रुपैयाँ नै थियो । सन्दीपले दिल्लीको अन्तिम ११ बाट खेल्ने मौका भने अन्तिम तीन खेलमा मात्र पाएका थिए । उनले अन्तिम तीन खेलमा पाँच विकेट लिएर आफ्नो बलियो प्रभाव छाड्न सफल भए ।

क्रिकेटमा एकपछि अर्को छलाङ मारिरहेका उनी सन् २०१८ को विश्व–११ को सूचीमा पनि परेका थिए । सन्दीपले एक महिना अघिमात्र यूएईमा सम्पन्न टी–१० लिग पनि खेले । उनले टी–१० मा केरला किङ्सबाट खेलेका थिए । त्यहाँ उनले ३० हजार अमेरिकी डलर पारिश्रमिक पाए । सन्दीपले यसअघि क्यानडामा ग्लोबल टी ट्वेन्टी क्रिकेट लिग खेल्दा ४० हजार अमेरिकी डलर पाएका थिए ।

सन्दीपले यस वर्ष अफगानिस्तान प्रिमियर लिग (एपीएल) पनि खेले । त्यहाँ उनको पारिश्रमिक १५ हजार अमेरिकी डलर थियो । त्यसअघि उनले क्यारेबियन प्रिमियर लिग खेलेर पाँच हजार अमेरिकी डलर पारि श्रमिक पाएका थिए । विश्व क्रिकेटको ध्यान आफूतर्फ तानिरहेका सन्दीपको मैदानमा जादुमयी बलिङ गर्ने क्रम जारी छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.