एलजीका स्मार्ट रेफ्रिजेरेटर : एक कदम अगाडि
काठमाडौं : केही वर्षयता पारिवारिक जीवनलाई रूपान्तरण गरिदिने वस्तुको रूपमा रेफ्रिजेरेटरको नाम लिने गर्छन्। ६० वर्षयता रेफ्रिजेरेटर अत्यावश्यक घरायसी उपकरणको रूपमा स्थापित छ। भान्साकोठाको सामग्रीबाट रेफ्रिजेरेटरले आज अत्यन्त कामकाजी, सुरक्षित, कुशल र वातावरणमैत्री वस्तुको रूपमा पहिचान बनाएको छ। उपभोक्ताले पनि यस्ता वस्तु उच्च मापदण्डकै रोज्छन्।
यसै सन्दर्भमा एलजी इलेक्ट्रोनिक्सले पुरातन प्रविधिलाई चुनौती दिँदै नवप्रवर्तित उत्पादन बजारमा ल्याएको छ। उपभोक्ताका लागि सरल र सहज विशेषता थप्दै लैजाने क्रममा एलजीले होमबार तथा भ्यू डोर–इन–डोर जस्ता ऊर्जा दक्षता बढाउने इन्भर्टर लाइनर कम्प्रेसर राखिएका उत्पादन बजारमा आएका छन्।
अनुसन्धानले एलजीका ग्राहकले हरेक दिन ७९ पट फ्रिज खोल्ने तथा बन्द गर्ने गर्छन्। यसका बाबजुत दशमध्ये चार उपभोक्तालाई भित्र के छ भन्ने सम्झन कठिन हुने गरेको पाइएको छ। यसका कारण धेरै खानेकुरा खराब हुने गरेको छ। यसले एलजीलाई नवप्रवर्तित डोर–इन–डोर रेफ्रिजेरेटर (२०१०) विकासका लागि प्रेरित गरेको हो। यसले फ्रिजको मूल ढोका नखोलीकनै विभिन्न खण्डमा रहेका सामानलाई पुनः व्यवस्थापन गर्न सकिन्छ। रेफ्रिजेरेटरको मूल ढोका कम खोलियो भने खानेकुरा लामो समयसम्म स्वच्छ रहन्छ। एलजीले सन् २०१४ मा रेफ्रिजेरेटरको दोहोरो डोर–इन–डोर रहेको रेफ्रिजेरेटर बजारमा ल्याएको छ।
ऊर्जा दक्षतासहितको एलजीको प्राथमिकताको सूचीमा रहेको रेफ्रिजेरेटरले ढोका खोल्दा नष्ट हुने ५० देखि १२० किलोवाट प्रतिघण्टा विद्युत् बचत गर्छ। सन् २०१६ मा एलजीले प्रयोगकर्ताले रेफ्रिजेरेटरको ढोका नखोलीकनै भित्र रहेका वस्तु देख्न सक्ने इन्स्टाभ्यू डोर–इन–डोर रेफ्रिजेरेटर सार्वजनिक गर्यो। ढोकालाई दुईपटक ढक्ढक्याउनेबित्तिकै फ्रिजभित्र रहेका सबै वस्तु प्रष्ट देख्न सकिन्छ। जब उपभोक्ताले यस्तो रेफ्रिजेरेटर बजारमा देखे, उनीहरूले यसलाई ढक्ढक्याएर परीक्षण गर्ने चाहनालाई रोक्नै सकेनन्। आज इन्स्टाभ्यू डोर–इन–डोर रेफ्रिजेरेटर सबैको रोजाइमा परेको छ।
इन्स्टाभ्यू डोर–इन–डोर रेफ्रिजेरेटरलाई मोबाइल एप्लिकेसनमार्फत रिमोटबाट पनि नियन्त्रण गर्न सकिन्छ। तापक्रम नियन्त्रण गर्ने, छिट्टै चिस्यान गर्ने, हावा स्वच्छ गर्ने जस्ता काम स्मार्टफोनमा मोबाइल एप्लिकेसनमार्फत गर्न सकिन्छ। यो अत्याधुनिक प्रविधिको रेफ्रिजेरेटरबाट उपभोक्ताले आफ्नो घरलाई स्मार्ट घर बनाउन सम्भव छ।