दुई सातापछि सकियो नेकपा स्थायी समिति बैठक

दुई सातापछि सकियो नेकपा स्थायी समिति बैठक

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक सकिएको छ। नेकपाका दुई अध्यक्षले पेस गरेको प्रतिवेदन परिर्माजनसहित पास गरी बैठक सकिएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन्।

 नेकपा अध्यक्ष पुष्पकमल दाहल प्रचण्डले केही दिनअघि राखेको प्रस्तावका आधारमा यो निकास निकालिएको प्रवक्ता श्रेष्ठले बताए। पास भएको राजनीतिक प्रतिवेदनलाई सचिवालयले अन्तिम उनले जानकारी लिए। 

 शुक्रबार पार्टीको संगठनिक एकताका लागि एक कार्यदल गठन गर्दै बैठक सकिएको हो।कार्यदलले पार्टी संगठनका एकताबारे जाँचबुझ गरी अध्यक्षद्वयलाई सुझाव पेस गर्नेछ । 

प्रवक्ता श्रेष्ठकाअनुसार संगठक एकता कार्यदलमा कार्यदलमा रामबहादुर थापा 'बादल', विष्णु पौडेल, शंकर पोखरेल, वर्षमान पुन,  योगेश भट्टरार्इ, लेखराज भट्ट, बेदुराम भुसाल र सुरेन्द्र पाण्डे छन्।  

यही पुस ११ गतेको बैठकमा नेकपा अध्यक्ष प्रचण्डले पार्टी एकता, राजनीतिक दस्तावेज र सरकार सञ्चालनसम्बन्धी नयाँ प्रस्ताव राखेका थिए।

२९ मंसिरदेखि जारी स्थायी समितिमा ४७ नेताले धारणा राखेपछि दाहालले बुधबार प्रश्नहरुको जवाफ दिँदै यी विषयमा ‘समाधानका सूत्र’ भन्दै नयाँ प्रस्ताव राखेका हुन्।शुक्रबार गठित कार्यदलले अध्यक्षद्वयलाई सुझाव प्रतिवेदन पेस गरेपछि यही पुस मसान्तअगावै स्थायी समितिको अर्को बैठक बस्ने प्रबक्ता श्रेष्ठले जानकारी दिए । 
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.