'कानुन कार्यान्वयन गर्न जनताको चेतानास्तर बढाउनुपर्छ'

'कानुन कार्यान्वयन गर्न जनताको चेतानास्तर बढाउनुपर्छ'

काठमाडौं  : राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले संविधान र ऐनमा भएको व्यवस्थालाई पूर्ण कार्यान्वयन गर्न जनताको चेतनास्तर वृद्धि हुन जरुरी रहेको बताएका छन्। समावेसी फाउण्डेसनले शुक्रबार राजधानीमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष तिमिल्सिनाले लामो संघर्षपछि संविधानसभाबाट निमार्ण भएको संविधानले दलितलगायत सबै समुदायलाई पर्याप्त अधिकार दिएको जानकारी दिए।'संविधान र त्यसअनुसार बनेका मौलिक र अन्य कानुनले जनतालाई पर्याप्त अधिकार दिएको छ,' उनले भने, 'संविधान र ऐनको पूर्ण कार्यन्वयन गर्न जनतालाई ती अधिकारबारे पर्याप्त जानकारी गराउन जरुरी छ।'

त्यसैगरी अध्यक्ष तिमिल्सिनाले संसदले थुप्रै नयाँ विशेषता सहितका मौलिक हकसम्बन्धी कानुन निमार्ण गरिसकेको बताउँदै अब बन्ने ऐन कार्यन्वयन गर्न देशको क्षमता वृद्धि आवश्यक रहेको धारणा राखे।

उनले निश्चित समयभित्र मौलिक हकसम्बन्धी कानुन निमार्ण गर्नुपर्ने भएकाले संसदमा पर्याप्त छलफल हुन नसकेको स्वीकार गरे। 'आगामी दिनमा संसदले पर्याप्त छलफलमार्फत कानुन निमार्ण तथा समयअनुसार परिमार्जन गर्नेछ,' उनले भने।

 
दलित समुदायका सांसद तथा अधिकारकर्मी सहभागी संविधानको मौलिक हक कार्यान्वयनका लागि सरकारले ल्याएको विधेयकमा दलित तथा सीमान्तकृत समुदायको सुझाव र संशोधन प्रस्तावको समीक्षात्मक अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय सभाका उप-सचीव उदवीर नेपालीले एक कार्यपत्र प्रस्तुत गरे। त्यस्तै, सांसदलगायत अन्य सहभागीले त्यसबारे सुझाव र धारणा पेश गरेका थिए।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.