राष्ट्रियसभा नियमावली संशोधन गर्न मस्यौदा समिति गठन

राष्ट्रियसभा नियमावली संशोधन गर्न मस्यौदा समिति गठन

काठमाडौं : राष्ट्रियसभाको बैठकले आफ्नो नियमावली २०७५ संशोधन गर्न मस्यौदा समिति गठन गरेको छ। सो समितिमा जीतेन्द्रनारायण देव, जीवन बुढा, दीलकुमारी रावल(पार्वती), पर्शुराम मेघी गुरुङ, प्रमीला कुमारी, रामनारायण विडारी, विद्यादेवी राना, वृषेशचन्द्र लाल, शेरबहादुर कुँवर रहेका छन्।

शुक्रबार बसेको बैठकमा सांसद दीनानाथ शर्माले समिति गठनसम्बन्धी प्रस्ताव प्रस्तुत गरेका थिए।सो प्रस्तावलाई सांसद रामचन्द्र राई र अनिता देवकोटाले समर्थन जनाए। बैठकले 'राहदानी विधेयक २०७५ माथि विचार गरियोस्' भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गर्‍यो। 

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बैठकसमक्ष सो प्रस्ताव प्रस्तुत गरेका थिए। राष्ट्रियसभाको अर्को बैठक पुस २० गते शुक्रबार दिनको १ बजे बस्नेछ। रासस


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.