ए डिभिजन लिग : आर्मीले सरस्वतीलाई ४-० ले हरायो

ए डिभिजन लिग : आर्मीले सरस्वतीलाई ४-० ले हरायो

काठमाडौं : सहीद स्मारक ए डिभिजन लिग फुटबलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले सरस्वती युवा क्लबलाई पराजित गर्दै प्रतियोगितामा छैटौँ जित दर्ता गराएको छ। ललितपुरको सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघको टेक्निकल सेन्टरमा शुक्रबार भएको खेलमा आर्मीले सरस्वतीलाई ४-० गोलअन्तरले पराजित गर्दै लिगमा छैटौँ जित दर्ता गराएको हो। यो जितसँगै ११ खेल खेलेको आर्मीले २१ अङ्क जोडेको छ भने अङ्क तालिकाको चौथो स्थानमा यथावत छ। 

आर्मीको जितमा नवयुग श्रेष्ठले एक गोल गरे भने कप्तान भरत खवासले दुई गोल गरे। नवयुगले खेलको सातौं मिनेटमा दीपक गुरुङको पासमा करीब ६ यार्डबाट गोल गर्दै आर्मीलाई सुरुआती अग्रता दिलाए। त्यसपछि खेलको ३०औं मिनेटमा कप्तान भरतले पेनाल्टीमार्फत एक गोल थप्दै आर्मीलाई दोस्रो अग्रता दिलाए। सरस्वती खेलको २८ औं मिनेटदेखि १० खेलाडीमा सीमित बन्यो। 

सरस्वतीका सुमन लामाले आर्मीका कप्तान भरत खवासलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि उनले दोस्रो पहेँलो कार्ड पाएका थिए। सोही पेनाल्टीलाई सदुपयोग गर्दै आर्मीका कप्तान भरतले गोल गरेका थिए। 

खेलको पहिलो हाफसम्म २-० को अग्रता बनाएको आर्मीले दोस्रो हाफमा पनि समान दुई गोल थप्यो। खेलको ६१औँ मिनेटमा आर्मीका कप्तान भरतले व्यक्तिगत दोस्रो गोल गरे।

उनले सन्तोष तामाङको फ्रि किक बललाई सरस्वतीका गोलरक्षक प्रदीप भण्डारीले नियन्त्रणमा लिन नसक्दा आएको रिबाउन्ड बललाई गोलमा परिणत गरेका थिए।

त्यस्तै आर्मीका लागि चौथो तथा अन्तिम विजयी गोल सरस्वतीका विदेशी खेलाडी ओलुसोला एब्राहिमले उपहारस्वरुप आत्मघाती गोल गरे। एघार खेल खेलेको सरस्वती १० अङ्कसहित तालिकाको दशौँ स्थानमा छ। खेलमा म्यान अफ द म्याच आर्मीका कप्तान भरत खवास चुनिए। रासस
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.