छलफलका लागि सुनुवाइ समितिले बोलायो राणालाई

छलफलका लागि  सुनुवाइ समितिले बोलायो राणालाई

काठमाडौं : संसदीय सुनुवाइ विशेष समितिले प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई पुस १५ गते बोलाएको छ। राणाविरुद्ध परेको उजुरीको विषयमा छलफल गर्न शुक्रबार बसेको समिति बैठकले उनलाई बोलाएको हो

राणाविरुद्ध संसदीय सुनुवाइ विशेष समितिमा ९ वटा ‘गम्भीर’ प्रकृतिका उजुरी परेपछि समितिले बिहीबार नै अध्ययन थालेको थियो। सोही अध्ययन अन्तर्गत समितिले आज उजुरीकर्तालाई बोलाएको थियो।

कांग्रेसका तत्कालीन नेता जयप्रकाश प्रसाद गुप्तालाई भ्रष्टाचार मुद्दामा राणाले सफाइ दिएका थिए। राणाले गरेको उक्त फैसला गलत भएको भन्दै न्यायाधीशद्वय सुशीला कार्की र तर्कराज भट्टको संयुक्त इजलासले न्यायिक टिप्पणीमार्फत राणालाई कारबाहीको फैसला गरेका कारण प्रधानन्यायाधीश बन्न राणा उपयुक्त नभएको उजुरी समितिमा परेको छ। संवैधानिक परिषद्ले मंसिर २७ गते राणालाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको थियो।

राणाले पर्साको छपकैया पोखरीको सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गर्ने फैसला गरी आर्थिक लाभ लिएको उजुरी पनि समितिमा परेको छ। समितिले पुस २ देखि राणाविरुद्ध उजुरी संकलन गरेको थियो। समिति स्रोतका अनुसार राणाले तत्कालीन अधिराजकुमारी प्रेरणा राज्यलक्ष्मी शाह (राणा) को दाइजोलाई सही ठहर गरेको र उक्त फैसला सर्वोच्चले नै उल्ट्याएको उजुरी पनि समितिमा परेको छ।

न्याय सम्पादनका क्रममा राणाले विभिन्न व्यक्ति र समूहबाट आर्थिक लाभ लिएर हैसियतभन्दा बढी सम्पत्ति आर्जन गरेकाले उनको सम्पत्ति छानबिन हुनुपर्ने माग गरिएको छ। पशुपतिनाथ भण्डारी तहकित कार्यालयसमेत मुद्दामा राणाले मोटो रकम असुल गरी फैसला गरेको, रोयल्टी नतिरेपछि बन्द भएका क्यासिनो सञ्चालनको फैसला गरेको, गुठीको जग्गा व्यक्तिको नाममा नामसारी गर्ने विभिन्न फैसला गरेको उजुरी राणाविरुद्ध समितिमा परेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.