मनाङको विमानस्थलमा अब नियमित जहाज उडान

मनाङको विमानस्थलमा अब नियमित जहाज उडान

बेसीशहर : हिमाली जिल्ला मनाङमा सडक नगुग्दासम्म भरपर्दो साधन जहाज थियो । पैसा हुने जहाज चड्थे, नहुने हिँड्थे ।

घोडामा वारपार गर्ने पनि उत्तिकै हुन्थे । बेसीशहरबाट मनाङ जाने सडक कच्ची र जोखिम हुँदा धेरैजसो कर्मचारी हवाई बाटो नै प्रयोग गर्थे । जब मनाङमा मोटर गुड्न थाल्यो, जहाज उड्न पनि छाड्यो ।

मनाङमा जहाड उडान बन्द भएको पाँच वर्ष पुग्यो । यहाँको हुम्डे विमानस्थल स्तरवृद्धि गरी कालोपत्रे भइसकेपछि उडान रोकियो । मानाङबासीले उडान पुनः सञ्चालनका लागि धेरै पहल गरे । मन्त्री, सांसद, नेता सबैलाई गुहारे ।

पाँच वर्षपछि मनाङबासीको पुनः जहाज उडाउने सपना पूरा हुने भएको छ । पुस २४ गतेदेखि मनाङमा जहाज उड्ने भएपछि उनीहरु उत्साही छन् । मनाङमा जहाज पठाउन नेपाल नागरिक उड्डयन प्राधिकरणले तयारी थालेको छ । गण्डकी प्रदेश राजधानी पोखरासँग मनाङको सीधा हवाइ सम्पर्कमा जोड्न प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले तयारी गरेको हो । मन्त्री विकास लम्सालको उपस्थितिमा पुस २४ गते पहिलो उडान गरिने भएको छ ।

यसपछि साताको एउटा उडान गरिनेछ । विमानस्थलको प्राविधिक अवस्थाबारे प्राधिकरणले अध्ययन गरिरहेको छ । यात्रु सुनिश्चिताका लागि स्थानीय तहले जिम्मा लिने बताइएको छ ।

प्राधिकरणले आर्थिक वर्ष २०६९÷७० मा ९ करोड रुपैयाँ खर्च गरेर ९ सय मिटर धावनमार्ग कालोपत्रे गरेको थियो । त्यसपछि निगमले तत्कालीन मन्त्री तथा प्राधिकरणका अधिकारीहरू ल्याएर मंसिरमा जहाज उडान परीक्षण गरेको थियो । त्यसयता वायुसेवा निगमको जहाज मनाङ पुगेको छैन ।

कालोपत्रे गर्नुअघि वायु सेवा निगमले सातामा २ पटक पोखरा–मनाङ र मनाङ–पोखरा नियमित उडान भर्दै आएको थियो । पोखरा–मनाङ वा मनाङ–पोखरा उडान समय २५ मिनेट लाग्छ ।

२०३९ साल असोजबाट उडान सुरु भएको हुम्डे विमानस्थल अवरुद्ध भएपछि गत असोज २५ गते मनाङस्थित एग्रो मनाङ प्रालिको स्याउबारी उद्घाटन गर्न पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष मनाङबासीले पुनः सञ्चालनका लागि लिखित माग राखेका थिए ।

साउन दोस्रो साता स्याउबारी पुगेका गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसँग पनि उनीहरुले लिखित माग राखेका थिए । संघीय सांसद पोल्देन छोपाङ गुरुङ साथै स्थानीय तहका अध्यक्षहरूले लिखित माग राखेपछि प्रधानमन्त्री ओली र मुख्यमन्त्री गुरुङले चालु आर्थिक वर्षबाटै मनाङमा जहाज सञ्चालनमा ल्याइने आश्वासन दिएका थिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.