सुधार केन्द्रबाट ४९ जना महिलाको उद्धार, चारजना नियन्त्रणमा

सुधार केन्द्रबाट ४९ जना महिलाको उद्धार, चारजना नियन्त्रणमा

काठमाडौं : काठमाडौंको बूढानीलकण्ठ नगरपालिका- ५ विष्णुमतिस्थित कृपाघर सुधार केन्द्रबाट ४९ जना महिलाको उद्धार गरिएको छ। मापदण्ड विपरित सुधारगृह सञ्चालन गरेको पाइएपछि उनीहरुलाई बिहीबार उद्धार गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। 

प्रहरीले केन्द्रका सञ्चालक सुरती गुरुङसहित चारजनालाई नियन्त्रणमा लिएको छ। महानगरीय प्रहरी प्रभाग बूढानीलकण्ठ, जिल्ला प्रशासन कार्यालय र माइती नेपालको संयुक्त अनुगमनमा सुधार केन्द्र मापदण्डविपरित सञ्चालन भएको पाइएको हो । 
उद्धार गरिएका महिलामध्ये २५ जनालाई अभिभावकको र २४ जनालाई माइती नेपालको जिम्मा लगाइएको छ। सो विषयमा थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

यता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ क्षेत्रबाट अवैध रुपमा सुन सङ्कलन गरिरहेको अवस्थामा करिब ९९ ग्रामको सुनको बाला-२ थानसहित हेटौँडा उपमहानगरपालिका-५ का सानोबाबु कार्कीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ। 

यस्तै काठमाडौँ महानगरपालिका-३२ जडीबुटीमा नक्कली सुनलाई सक्कली सुन भनी बिक्री गर्दै हिँडेका ललितपुर बस्ने काठमाडौं महानगरपालिका-१७ का राजु परियारलाई बिहीबार साँझ पक्राउ गरेको प्रहरीले जनाएको छ। 

महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको टोलीले सुनजस्तो देखिने बेरुवा औंठी ४१ थान, साँझा औंठी १२ थान, सिक्री २१ थान, बाला १ थान, टप ४ थान, चाँदी जस्तो देखिने सिक्री १ थान बरामद गरेको छ। 

परियारको साथबाट नगद रु १६ हजारसहित पत्थर सात थान, चक्कु एक थान, विभिन्न व्यक्तिको नागरिकता १२ थान, लाइसेन्स तीन थान, जनाबरको दाँत जस्तो देखिने सेतो वस्तु एक थान, ज्योति विकास बैंकको खाली चेक एक थान, चारवटा मोबाइलसमेत बरामद भएको प्रहरीले जनाएको छ। रासस


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.