दोलखामा हिउँ खेल्नेको घुइँचो (फोटोसहित)
दोलखा : जिल्लाको विभिन्न भागमा हिमपात भएको छ।हिमपातले जिल्लाको जनजीवन प्रभावित भएको छ। जिरी, च्योर्दोङ, शैलुङ, कालिञ्चोक, खरिढुङ्गा क्षेत्रमा बाक्लो हिमपात भएको छ।
आन्तरिक तथा बाह्य पयर्टक हिउँ खेल्न हिमपात क्षेत्रमा पुगिसकेका छन्।हिमपातसँगै उच्च पहाडी क्षेत्रका किसान उत्पादन बढ्ने खुशीले उत्साहित भएका छन्।