दुई लाख ५० हजार घुससहित वडा सदस्य पक्राउ
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बर्दिया, राजापुर नगरपालिका- १० का वडा सदस्य उत्तम चौधरीलाई दुई लाख ५० हजार घुससहित पक्राउ गरेको छ।
अख्तियारले क्रसर उद्योगको दर्ता गर्न सिफारिस तथा सहयोग गरिदिने भनी सेवाग्राहीसँग वडा सदस्य चौधरीलाई घुसबापतको उक्त रकम लिइसकेको अवस्थामा कोठियाघाटस्थित ईच्छा होटलबाट पक्राउ गरिएको हो। वडा सदस्य चौधरी नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको अख्तियार प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए।