मार्तडीदेखि कोल्टीसम्मको यातायात बन्द

मार्तडीदेखि कोल्टीसम्मको  यातायात बन्द

बाजुरा : भाडा घटाएको भन्दैं जीप व्यवसायीले मार्तडीदेखि कोल्टीसम्म यातायात बन्द गरेका छन्। जिल्ला प्रशासन कार्यालयले सर्वपक्षीय बैठकबाट निर्धारण गरेको भाँडा दर न्यायिक नभएको भन्दै व्यवसायीले सेवा बन्द गरेका हुन्।

जिल्ला प्रशासन कार्यालय बाजुराले यात्रु र व्यवसायी दुवैलाई मर्का नपर्ने गरी मार्तडीदेखि कोल्टीसम्मको ४३ किलोमिटरमा ८ सय भाँडा कायम गरेको छ। कच्ची र अप्ठेरो बाटो भएकोले बाटो सहज नबने सम्मका लागि उक्त निर्णय गरिएको हो। जीप व्यवसायीले प्रतिव्यक्ति १२ सयभन्दा बढी भाँडा असुल गर्दै आएका थिए।

बोलेरो जीपले बोक्न पाउने नियम अनुसार मात्र सवारी बोक्नुपर्ने भन्दै पछाडिको भागका सिट गत महिना प्रहरीले हटाइ दिएको थियो। अवैधरुपमा क्षमताभन्दा बढी यात्रु बोक्दै आएका व्यवसायीले सिट हटाएपछि दोब्बर भाँडा बढाएर सवारी बोक्ने गरेका थिए । चौतर्फी गुनाँसो बढ्न थालेपछि प्रशासनले सर्वपक्षीय बैठक बोलाएर ८ सयभन्दा बढी भाडा लिन नपाउने गरी नियम बनाएको थियो।

यता जिल्ला प्रशासन कार्यालय बाजुराले नियम सबैका लागि लागू हुने भएकोले व्यवसायीले भनेजस्तो गर्न नसकिने प्रमुख जिल्ला अधिकारी चेतराज बरालले बताए। मार्तडीदेखि धनगढीसम्मको ३१७ किलोमिटरमा पनि यहाँका यात्रुले १२ सय  भाडा तिर्ने गरेका छन्।

उनीहरुले प्रशासनको निर्णय न्यायिक नभएको भन्दै विरोधस्वरुप जीप सेवा बन्द गराएका हुन्। ५ जना मात्र बोक्न पाउने, त्यसैमा ८ सय भाँडा लिने निर्णय गरेपछि व्यवसायी मर्कामा पर्ने भन्दै बन्द गरिएको जीप काउन्टरका प्रमुख चक्र बडुवाललले बताए। जीप सेवा बन्द भएपछि सदरमुकाम मार्तडीबाट कोल्टी जाने यात्रुहरु मर्कामा परेका छन्।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.