नक्कली रिन्पोछेको नागरिकता खारेज गर्न माग

नक्कली रिन्पोछेको नागरिकता खारेज गर्न माग

काठमाडौं : चिनियाँ नागरिक समेत रहेका भूपतिबज्र लामाले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट लिएको नागरिकतामा रिम्पोछे उल्लेख गरी भ्रम फैलाएको भन्दै खारेज गर्न माग गरेको छ ।

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी बौद्धनाथ क्षेत्र विकास समिति र नेपाल बौद्ध महासंघले नागरिकतामै उल्लेख गरी गुरु रिम्पोछे (आचार्य पद्मसम्भव) भनेर बौद्धधर्मालम्बीहरुमा भ्रम फैलाएकाले तत्काल नागरिकता खारेज गरी कारवाही गर्न माग गरेको हो ।

रिन्पोछे पद नागरिकतामा उल्लेख गर्न नमिल्ने र उल्लेख गरेकै भरमा रिन्पोछे बन्न नसक्ने भन्दै यो घटनाले बौद्धधर्म प्रति ठूलो नोक्सानी पुगेको नेपाल बौद्ध महासंघका अध्यक्ष आचार्य कर्मारिन्छेन शेर्पाले बताए ।

नेतालाई आर्थिक प्रलोभनमा पारेर २०७३ असार ७ गतेदेखि मेलाम्ची तथा बौद्ध घ्याङ गुठी प्रमुख समेत बनेका चिनियाँ लामा भूपतिबज्र लामाले बौद्धधर्मालम्वीलाई गुम्रहमा पारेको अध्यक्ष शेर्पाले बताए ।

गुठीमा मनोमानी गरी विश्व सम्पदा सूचिमा रहेको बौद्धनाथ चैत्यलाई जथाभावि रुपमा ड्रिल गरी प्वाल पारेर क्षति पु¥याएकाले तत्काल कारवाही गर्न बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाले माग गरेको छ । चैत्य परिसरमा श्रद्धालु भत्तजनले पूजापाठ गर्दा समेत अवरोध गरेर धर्मलाई व्यक्तिगत बनाउन खोजेको उनको आरोप छ ।

गुठीमा समेत व्यवस्थापन समिति गठन नगरी आर्थिक हिनामीना गर्दै आएको बौद्ध तामाङ कल्याण गुठीका अध्यक्ष खड्ग जीत लामाले बताएका छन् । सरकारले विकास समिति गठन गरी बौद्ध चैत्यको संरक्षण सम्बद्र्धन गर्ने जिम्मा दिएको भए पनि लामाले गुठीको अध्यक्ष भन्दै आफुखुसी गतिविधि गर्ने आरोप छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.