सडक निर्माणमा स्थानीय र प्रहरीबीच भिडन्त, नौजना पक्राउ

सडक निर्माणमा स्थानीय र प्रहरीबीच भिडन्त, नौजना पक्राउ

मुसीकोट : रुकुम पश्चिमको चौरजहारी नगरपालिका–७ मेलेनाउलीमा सडक निर्माणमा स्थानीयले गरेको अवरोध हटाउन खोज्दा प्रहरीमाथि नै आक्रमण भएको छ ।

आक्रमण गर्ने ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । सडक निर्माणमा अवरोध गरेका कारण उनीहरुलाई प्रक्राउ गरेको प्रहरीले बताएको छ । अवरोध हटाउन खोज्दा गालीगलौज गर्दै प्रहरीमाथि नै आक्रमण भएपछि पक्राउ गरिएको प्रहरीले बताएको छ ।

चौरजहारी नगरपालिका–४ का २८ वर्षीय निरक भण्डारी, ३० वर्षीय प्रकास भण्डारी, ३३ वर्षीय चन्द्रबहादुर खड्का, वडा नम्बर ८ का २८ वर्षीय सविन बुढाथोकी र ३२ वर्षीय बालाराम जैसी, चौरजहारी नगरपालिका–७ का ६० वर्षीय बीरबहादुर कुमाल, ३८ वर्षीय शंकर जैसी, ३२ वर्षीय खेमराज जैसी र वडा नम्बर १ का २३ वर्षीय नरेश लामिछानेलाई प्रहरीले पक्राउ गरेको हो ।

आक्रमणका कारण प्रहरी हवल्दार निर्मला विक र प्रहरी जवान टेकबहादुर बस्नेत घाइते भएका छन् । रुकुम पश्चिमका प्रहरी प्रमुख डिएसपी सुमित खड्काका अनुसार विकको ढाडमा र बस्नेतको ढाड र घुँडामा चोट लागेको छ । घाइते दुवैजनाको चौरजहारी अस्पतालमा उपचार भइरहेको छ ।

मेलैनाउली–तिल्केझार–मनकोट विद्यालय हुँदै मनकोट गाउँ पुग्ने सडक निर्माणको क्रममा मेलैनाउलीमा स्थानीयले अवरोध गरेका हुन् । पक्राउ पर्ने स्थानीयहरुमाथि शुक्रबार नै सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुरमा मुद्दा दर्ता गरिएको डिएसपी खड्काले बताएका छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.