एन्जेलिना जोलीले राजनीति गर्नसक्ने

एन्जेलिना जोलीले राजनीति गर्नसक्ने

वासिङ्टन : हलिउड स्टार एन्जेलिना जोलीले भविष्यमा आफू राजनीतिमा सक्रिय हुनसक्ने बताएकी छन् ।

संयुक्त राष्ट्रसंघीय शरणार्थी निकायका लागि विशेष दूत समेत रहेकी ४३ वर्षीया अभिनेत्री एन्जेलिनाले बिबिसीको एक कार्यक्रममा यस्तो कुरा व्यक्त गरेकी हुन् ।

शुक्रबार बिबिसी रेडियोको एक कार्यक्रममा उनी अतिथि सम्पादकको रुपमा अमेरिकी राजनीति, सामाजिक संजाल, यौन हिंसा र विश्वब्यापाी शरणार्थी संकटबारे बहस गरेकी हुन् ।

प्रस्तोता जस्टिन वेब्बले जब उनलाई राजनीतिमा संलग्न हुन सक्नुहुन्छ कि ? भनेर सोधे, त्यसपछि जोलीले भनिन्, ‘यदी २० वर्षअघि सोधेको भए म हाँस्नसक्थेँ । म सधैँ भन्छु कि, जे काममा मेरो आवस्यकता पर्छ त्यसका लागि काम गर्छु ।’

जोलीले आफू सरकार, सेना लगायतसँगै काम गर्न सक्षम रहेको पनि दावी गरिन् । यस क्रममा जोलीले शरणार्थीबारे अभियान, यौन हिंसा लगायत सामाजिक विषयमा लामो छलफल गरेकी थिइन् । प्रत्यक्ष रुपमा राजनीतिमा अहिले नै सक्रिय हुने नहुनेबारे खुलेर नबोले पनि अभिनेत्री जोलीले आफू त्यसका लागि सक्षम रहेको बताएकी हुन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.