वैदेशिक रोजगारका सेवा अब प्रदेशबाट पनि

वैदेशिक रोजगारका सेवा अब प्रदेशबाट पनि

काठमाडौं : सरकारले पहिलो पटक वैदेशिक रोजगारका सेवा विकेन्द्रिकरण गरेको छ ।

गोकर्ण विष्टले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय सम्हालेसँगै वैदेशिक रोजगारका सबै काम विकेन्द्रिकरण गर्ने घोषणा गरेका थिए । सरकारले पुस १५ भित्रै सातवटै प्रदेशबाट श्रम स्वीकृति दिने तयारी गरे पनि प्रदेश २ र प्रदेश ५ बाट सेवा दिन सुरु गर्ने भएको छ ।

अन्य प्रदेशमा भने केही समय ढिलाइ हुने देखिएको छ । प्रदेशबाट सेवा दिन आवश्यक तयारी पूरा भइ नसकेको र मन्त्रिपरिषद् बैठकले समेत निर्णय गरिनसेकाले पुस १५ देखि सबै प्रदेशबाटै श्रम स्वीकृति दिन असम्भवः भएको मन्त्रालयले जनाएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पुस १५ देखि सम्भव नभए पनि पुसभित्र सबै प्रदेशबाटै श्रम स्वीकृति दिने तयारी गरेको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता डा. नारायण रेग्मीका अनुसार मन्त्रालयले पुस १५ देखि सेवा दिने भने पनि मन्त्रिपरिषद्बाट निर्णय भइनसकेकाले केही समय ढिलो हुन सक्ने छ ।

‘हामी जतिसक्दो चाँडो प्रदेशबाटै श्रम स्वीकृति दिने तयारीमा छौँ’ रेग्मीले भने । प्रदेशबाटै सेवा दिन आवश्यक तयारी झण्डै पूरा भइसकेको उनले बताए । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगार पीडितको उजुरी लिने र अनुसन्धान गरी पीडकलाई कारवाही गर्ने गर्दछ । अब प्रदेश कार्यालयबाटै श्रम स्वीकृति दिनुका साथै वैदेशिक रोजगार पीडितको उजुरी दर्ता गरी अनुसन्धान गर्ने प्रवक्ता रेग्मीले बताए ।

श्रम विभागअन्र्तगत हरेक प्रदेश राजधानीमा श्रम कार्यालय स्थापना भइसकेका छन् । ती श्रम कार्यालय मातहत वैदेशिक रोजगार इकाइ रहने छन् । प्रदेशमा रहेका श्रम कार्यालयका वैदेशिक रोजगार इकाइले डिमान्ट लेटर, पूर्व स्वीकृति, श्रम स्वीकृति, उजुरी लिने र उजुरी फच्र्छाैट गर्नेलगायत सबै जसो काम गर्ने छन् ।

यस्तै प्रदेश कार्यालयले अभिमुखीकरण तालिम प्रदायक संस्थाको अनुगमन गर्नेे, म्यानपावर व्यवसायी र कामदारबीच सुमधुर सम्बन्ध स्थापना गर्ने, कामदारलाई सूचना प्रणालीमा सहजिकरण गर्ने छन् ।

प्रदेश कार्यालयमा अधिकृतको नेतृत्वमा कम्प्युटर अपरेटर, सुब्बा, सहायकलगायत कम्तीमा छ जनासम्म कर्मचारी रहने छन् । प्रदेशबाट वैदेशिक रोजगारका सेवा दिन मन्त्रालयले बजेटसमेत विनियोजन गरिसकेको छ । तर प्रदेश ३ मा काठमाडौंको ताहाचलमा कार्यालय भएकाले अन्य प्रदेशमा मात्रै इकाइ रहने छन् ।

वैदेशिक रोजगारका सबै काम प्रदेशबाटै हुने भएपछि वैदेशिक रोजगार विभाग र उपत्यकाभित्रै रहेका वैदेशिक रोजगार काठमाडौं कार्यालय, वैदेशिक रोजगार मलेसिया, कतार र साउदी शाखा कार्यालयमा हुँदै आएको भीड कम हुने छ । वैदेशिक रोजगार विभागका महानिर्देशक दिलिप चापागाईँले प्रदेशबाट श्रम स्वीकृतिका सेव दिनका लागि व्यवस्थापनका काम भइरहेको बताए ।

‘समय तोक्न नसकिएला तर जतिसक्दो चाँडो हामी प्रदेशबाटै सेवा दिने छौँ’ उनले भने । छिटोभन्दा छिटो सेवा दिने प्रयास भइरहेको उनले बताएका छन् । वैदेशिक रोजगार विभागका अनुसार दैनिक एक हजार पाँच सय भन्दा बढी युवाहरु वैदेशिक रोजगारीमा जाने गरेका छन् ।

उनीहरुलाई हाल वैदेशिक रोजगार विभागअन्र्तगत ताहाचल कार्यालयलेमात्रै श्रम स्वीकृति दिँदै आएको छ । कार्यालयले पछिल्लो समयमा अनलाइन सिष्टमबाट पनि सेवा दिन सुरु गरेको छ । विभागका महानिर्देशक चापागाईँले टिकटको समय भन्दा अघि नै श्रम स्वीकृतिका लागि अनलाइनबाट फारम भरे सजिलो हुने र कार्यालयमा भीड पनि नहुने बताए ।

वैदेशिक रोजगार विभागमा अत्याधिक भीड बढेपछि सरकारले २०७० मंसिर २६ गते ताहाचलमा वैदेशिक रोजगार काठमाडौं कार्यालयसहित मलेसिया, साउदी र कतार शाखा कार्यालय स्थापना गरेको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.